२०७९ आश्विन १०
September 26, 2022, Monday

मालिका गाउँपालिका अध्यक्षका प्रत्यासी जुग्जाली र व्यवसायी खत्री काँग्रेसमा प्रवेश

मालिका गाउँपालिका अध्यक्षका प्रत्यासी जुग्जाली र व्यवसायी खत्री काँग्रेसमा प्रवेश

म्याग्दी, २५ जेठ ।


पछिल्लो समय अन्य पार्टी परित्याग गरि काँग्रेसा प्रवेश गर्नेहरुको संख्या म्याग्दीमा बढेको छ । स्थानीय तहको चुनावमा मालिका गाउँपालिकाको सोतन्त्र तर्फका उमेद्धार हर्कमान जुग्जाली नेपाली काँग्रेसमा प्रवेश गनुभएको छ ।


मालिका गाउँपालिका–७ बिमका जुग्जाली एक कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष श्री प्रसाद रोकाले उनलाई काँग्रेसको सदस्या प्रधान गर्नुभएको हो । उक्त कार्यक्रममा जग्जाली सहित नेकपा पार्टी परित्याग गरि २१ जना कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसको सदस्य लिदै जुग्जालीले आफु सोतन्त्र भएर गएको स्थानीय चुनावमा उमेद्धारी दिएको भएपनी काँग्रेसले जती जनताको मर्म अरु कसैले नबुझने देखेर आफु काँग्रेसमा प्रवेश गरेका बताउनुभयो ।


त्यस्तै रघुगंगा गाउँपालिका–२ भगवतीका युवा व्यवासायी धन बहादुर खत्री पनी नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ।

सनिबार काँग्रेसको जागरण अभियानको समापन कार्यक्रमको खत्रीलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य शुक्रराज शर्मा र पाटी सभापती खम्बीर गर्बुजाले सदस्यता दिनुभएको हो । कार्यक्रमको अबसरमा व्यवासायी तमन पुन, विनोद विक र नबिराज बिक पनी पार्टी प्रवेश गर्नुभएको छ ।

Related News

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
  • २०७६ जेष्ठ २५, शनिबार १२:५३

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति...

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
  • २०७६ जेष्ठ २५, शनिबार १२:५३

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।...

बागलुङको ताराखोलामा उत्पादन बढाउन कृषकलाई भत्ता
बागलुङको ताराखोलामा उत्पादन बढाउन कृषकलाई भत्ता
  • २०७६ जेष्ठ २५, शनिबार १२:५३

ताराखोला गाउँपालिकाले भने कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ । कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन...

TOP