२०७९ आश्विन १०
September 26, 2022, Monday

काँग्रेसको जागरण अभियान समापन

काँग्रेसको जागरण अभियान समापन


बेनी, म्याग्दी

नेपाली काँग्रेस म्याग्दीले राष्ट्रिय अभियान अन्तरगत गत बैशाख २५ गतेदेखि सञ्चालन गरेको जागरण अभियानको शनिबार बेनीमा समापन गरिएको छ ।

एक महिनासम्म सञ्चालन भएको अभियान अन्तरगत वडा र बस्तीमा कार्यकर्ता भेटघाट, भेला र प्रशिक्षण गरिएको थियो । पछिल्लो महासमिति बैठकको निर्णय, पार्टीको नीति, योजनाको बारेमा जानकारी गराउने, सुझाव संकलन तथा सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्न अभियान सञ्चालन गरिएको हो । 

नेपाली काँग्रेसका केन्द्रिय सदस्य शुक्रराज शर्माले जागरण अभियानले काँग्रेसलाई जनतामाझ पु¥याएको र कार्यकर्तामा उत्साह छाएको बताउनुभयो । उहाँले अघि पछि पनि जनताको दुख, सुखमा साथ दिन र विकासका काममा जुट्न निर्देशन दिनुभयो । 



जागरण अभियानले आगामी चुनावमा कांग्रेसको संगठन सुदृढीकरण भएको र आगामी चुनावमा पहिलो पार्टी बन्ने काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले बताउनुभयो । जनताका सुझाव र गुनासालाई सम्बोधन गर्दै विगतका कमजोरी सुधार गरेर प्रत्येक तीन महिनामा एक पटक गाउँ अभियान सञ्चालन गर्ने बताउनुभयो । 

नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्ने ५ जनालाई स्वागत गरिएको थियो । आजको रिखार दैनिकमा खबर छ । 

Related News

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
  • २०७६ जेष्ठ २६, आईतवार ०२:५२

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति...

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
  • २०७६ जेष्ठ २६, आईतवार ०२:५२

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।...

बागलुङको ताराखोलामा उत्पादन बढाउन कृषकलाई भत्ता
बागलुङको ताराखोलामा उत्पादन बढाउन कृषकलाई भत्ता
  • २०७६ जेष्ठ २६, आईतवार ०२:५२

ताराखोला गाउँपालिकाले भने कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ । कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन...

TOP