२०७९ आश्विन १०
September 26, 2022, Monday

खिवाङ र टिकावाङमा (नेकपा)को कार्यकर्ता भेला सम्पन्न

खिवाङ र टिकावाङमा (नेकपा)को कार्यकर्ता भेला सम्पन्न

जेठ २५ म्याग्दी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिवाङ र मंगला गाउँपालिका ५ टिकावाङमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यकर्ता भेला सम्पन्न भएको छ ।
खिवाङका भेलालाई सम्बोधन गर्नुहुदै नेकपाका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सांसद भुपेन्द्रबहादुर थापाले सरकारले सुखी नेपाल र सम्बृद्ध नेपालको नारा तथा चुनावी घोषणा पत्र अनुसारनै आगामी आर्थिक वर्षको बजेट ल्याएको जानकारी दिनुभयो ।


नेकपा नेतृत्वको सरकार गठन भएको पहिलो वर्ष आधार तयार पार्न र नीति नियम बनाउन केन्द्रीत भएको बताउँदै अब देखिने र जनताले अनुभुति गर्न काम गरेर देखाउने बताउनुभयो । विकासका लागि नेकपाको विकल्प नभएको र पार्टी एकतालाई बलिया बनाउनुपर्नेमा जोड दिनुभयो ।
वडा कमिटिका अध्यक्ष मेखबहादुर खड्काको अध्यक्षता, गाउँपालिका कमिटिका अध्यक्ष खड्ग गिरीको सञ्चालन र जसबहादुर तिलीजाको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला सदस्य नारायण पुन, जुद्धबिर दर्जी, यामबहादुर खड्का, रामचन्द्र भण्डारी, कृष्णबहादुर गर्बुजा, ज्ञानबहादुर शेरपुञ्जा, टेकसर बुद्धुजा र भिम पुनले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा घारको खिवाङ गाउँमा कृष्णबहादुर गर्बुजा अध्यक्ष, बिर्खबहादुर वुद्धुजा सचिव रहेको १९ सदस्यीय टोल र जसबहादुर तिलीजाको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार कमिटि गठन भएको छ । यसैगरी नेपाली काँग्रेसबाट प्रवेश गरेका र अन्य स्वतन्त्र व्यक्तिहरुलाई केन्द्रीय सदस्य तथा सांसद थापाले नेकपामा स्वागत गर्नुभएको थियो ।
यसैगरी शनिबार (नेकपा)को मंगला गाउँपालिका ५ टिकावाङमा शनिबा डिलबहादुर थापाको अध्यक्षतामा शेरबहादुर थापा उपाध्यक्ष, याम छन्त्याल सचिव र भावना बुढाथोकी सहसचिव रहनुभएको १७ सदस्यीय टोल कमिटि गठन भएको छ ।
वडा कमिटिका अध्यक्ष चिरञ्जिवी शर्माको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको प्रमुख आतिथ्यता, जितबहादुर किसानको सञ्चालन र वडा कमिटि सदस्इ भिमनाथ आचार्यको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा करन कडेल र याम थापाले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Related News

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
  • २०७६ जेष्ठ २६, आईतवार ०३:०३

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति...

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
  • २०७६ जेष्ठ २६, आईतवार ०३:०३

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।...

बागलुङको ताराखोलामा उत्पादन बढाउन कृषकलाई भत्ता
बागलुङको ताराखोलामा उत्पादन बढाउन कृषकलाई भत्ता
  • २०७६ जेष्ठ २६, आईतवार ०३:०३

ताराखोला गाउँपालिकाले भने कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ । कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन...

TOP