२०७९ आश्विन १०
September 26, 2022, Monday

राप्रपाको स्वाभीमान यात्रा बेनीमा

राप्रपाको स्वाभीमान यात्रा बेनीमा


बेनी,म्याग्दी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दोस्रो चरणको राष्ट्रिय स्वाभीमान यात्रा अन्तरगत शनिबार बेनीमा ¥याली र आमसभा गरेको छ ।


हिन्दु राष्ट्र, राजतन्त्रको पुनस्थापना, बेरोजगारी र भ्रष्ट्राचारको अन्त्यका लागि खबरदारी गर्ने उद्देश्यले मुक्तिनाथबाट सुरु गरिएको स्वाभीमान यात्रा अन्तरगत शनिबार बेनी र बागलुङमा आमसभा गरेको हो । आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सरकार सर्वसत्तावादको बाटोमा अग्रसर भएको बताउनुभएको छ ।
‘दुई तिहाई बहुमतको आडमा संवैधानिक निकाय र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न खोज्नु सर्वसत्तावादतर्फ उन्मुख हुन खोजेको प्रारम्भिक संकेत हो,’ अध्यक्ष थापाले भन्नुभयो ‘मिडिया काउन्सिल बिधेयक मार्फत प्रेसलाई नियन्त्रीत र संकुचित बनाउन खोजेको छ ।’
संवैधानिक अंगहरु, न्यायपालिका र सुरक्षा अंगहरुमा पार्टीको प्रभावलाई बलीयो बनाउने र अन्य पेशा व्यवसायमा संलग्नहरुप्रति गरेको कठोर व्यवहारले सरकार गलत बाटोमा अघी बढेको थापाको भनाई थियो ।


सरकारले आगामी आर्थिक वर्षका लागि हालै सार्वजनिक गरेको बितरणमुखी बजेट जनअपेक्षा अनुसारको नभएको बताउनुभयो । उहाँले देशको प्रमुख समस्या बेरोजगारी अन्त्यका लागि ठोस योजना नदेखिएको र भ्रष्ट्राचार नियन्त्रणका लागि ओठे भाषण बाहेक नीतिगत सुधारको पहल नभएको भन्दै आलोचना गर्नुभयो ।
दोस्रो चरणको राष्ट्रिय स्वाभीमान यात्राका क्रममा पार्टीका विभिन्न नेताहरु सहित म्याग्दी आउनुभएका अध्यक्ष थापाले बेनीमा पत्रकार सम्मेलनमा पनि सहभागि हुनुभयो । उहाँले राजादेखि विप्लपसम्म अटाउने मौलिक लोकतान्त्रिक व्यवस्थाको विकल्प नखोजेसम्म देशमा शान्ति, स्थायित्व र विकास सम्भव नहुने बताउनुभयो । नेपालको पहिचान जोगाउनका लागि धर्मनिरपेक्षतालाई कायम गरेर पनि हिन्दु राष्ट्र कायम गर्न सकिने बताउनुभयो ।
म्याग्दी, बागलुङ, पर्वत, कास्की, तनहुँ, लमजुङ र गोरखामा आभसभा तथा ¥याली गरिने भएको छ । विगतको कमजोरीलाई समिक्षा गरेर धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको मुद्दालाई पुनबिचार गर्नुपर्ने उहाँको भनाई थियो । योजनावद्ध रुपमा धर्मनिरपेक्षता घोषणा गरेर धर्म परिवर्तन गराउनेलाई अनुकुल वातावरण बनाएर नेपालको मौलिक हिन्दु र वुद्ध धर्मको अस्तित्व खतरामा पार्न खोजिएको उहाँले बताउनुभयो ।

सत्तापक्ष र प्रतिपक्षको मिलेमतोमा प्रशासनिक र ब्यापारिक क्षेत्रको त्रिकोणात्मक गठबन्धन बनाएर लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएकाले भ्रष्ट्राचार बढेको थापाको भनाई थियो । सुनकाण्ड, वाइडवडी, सरकारी जग्गा अतिक्रमण जस्ता भ्रष्ट्राचारजन्य गतिबिधिमा सत्ता र प्रतिपज्ञ दुवै राजनीतिक शक्तिको मिलेमतो भएकाले दोषी पहिचान र कारबाही हुन नसकेको थापाको भनाई छ । 
राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापाको अध्यक्षता, बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालको स्वागत र नेता हरिप्रसाद शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा राप्रपाका उपाध्यक्ष भिमप्रसाद गौचन, प्रवत्ता भुवन पाठक लगायतले सम्बोधन गर्नुभएको थियो । राप्रपाले यसअघि पुर्व–पश्चिम मेचि महाकाली अभियान सञ्चालन गरेको थियो । राप्रपाका नेताहरुले गलेश्वर मन्दिरमा पुजाआजा र तातोपानी कुण्डको अवलोकन गरेका थिए । आजको  रिखार दैनिकमा खबर छ ।

Related News

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
  • २०७६ जेष्ठ २६, आईतवार ०३:१५

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति...

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
  • २०७६ जेष्ठ २६, आईतवार ०३:१५

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।...

बागलुङको ताराखोलामा उत्पादन बढाउन कृषकलाई भत्ता
बागलुङको ताराखोलामा उत्पादन बढाउन कृषकलाई भत्ता
  • २०७६ जेष्ठ २६, आईतवार ०३:१५

ताराखोला गाउँपालिकाले भने कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ । कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन...

TOP