२०७९ श्रावण २६
August 11, 2022, Thursday

निस्कोटको बराह ताल पर्यटक र प्रचारप्रसारको पर्खाइमा (तस्विर सहित)

निस्कोटको बराह ताल पर्यटक र प्रचारप्रसारको पर्खाइमा (तस्विर सहित)

राकेश शर्मा
म्याग्दी ।
धौलागिरि हिमालको प्रतिविम्ब (फोटो) स्पष्टरुपमा देखिने पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१, निस्कोटमा अवस्थित बराह ताल पर्यटन र प्रचार प्रसारको पर्खाइमा रहेको छ । निस्कोट गाउँको शिरमा रहेकोे बराहताल आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवद्र्धनको पर्खाइमा रहेको छ ।

करिब २ रोपनी क्षेत्रफलमा फैलिएको बराहतालले प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको भएपता पनि प्रचारप्रसार नहुदा ओझेलमा परेको छ । समुन्द्री सतहदेखि झण्डै २ हजार २ सय मिटरको उचाइमा अवस्थित रहेको ताल र तालको आसपासबाट विभिन्न दजनौँ हिमश्रृङ्खलाहरु र बस्तीहरुलाई अवलोकन गर्न सकिन्छ ।

नेपालको दोस्रो अग्लो धौलागिरि हिमालसहित गूर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छे«, मानापाथी लगायतका दर्जन बढी मनोरम हिमश्रृङ्खलाहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने स्थानीय हरि आचार्यले बताए । ताल पुग्ने जती सबैको यहाँबाट देखिने दृष्यलेमन लोभिने गरेको उनको भनाई छ ।

घना वनजङ्गल र केही गाउँवस्तीको बिचमा रहेको तालमा वनजङ्गल र हिमालहरुको प्रतिबिम्ब (छाँया) निक्कै आकर्षक अनि मनमोहक देखिन्छ । स्थानीयका अनुसार तालको बिच भाग झण्डै २० मिटरभन्दा बढी गहिरो रहेको छ ।

पर्यटकीय महत्व बोकेको बराह ताल संरक्षणका लागि गण्डकी प्रदेश सरकारको ताल संरक्षण कार्यक्रम अनुसार ५ लाख रुपैयाँमा ताल परिसरमा पर्खाल निमार्ण गरिएको वडा अध्यक्ष टंक पुनले बताए । उनका अनुसार गाउँपालिका र वडाले ताल सम्म पुग्नका लागि सडक समेत निमार्ण गरेको छ ।

‘तालको प्रचारप्रसार नहुदा पर्यटकको आगमन कम भएको छ, उनले भने, हामीले यसलाई वडाको नै प्रमुख पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना बनाएका छौँ’ पुनले थपे अर्को आर्थिक बर्ष तालमा पानी ल्याएर ताल भरी पानी हाल्ने योजना रहेको छ । ताल हुदै छिमेकी बागलुङ जिल्लाको सिमाना ताराखोलाको धुरीमा पुग्न पदमार्ग निर्माण समेत गरिने छ ।

वनजङ्गलको बिच भागमा रहेको ताल भए पनि त्यसमा कुनै पनि पातपतिङ्गरहरु नभएको र बिहान सबैरै २ ओटा जलहाँस जलक्रिडा गर्न आउने तालको विशेषता भएको स्थानीयको भनाई छ । तालको संरक्षण रप्रचारप्रसार गरेर निस्कोट गाउँमा सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु समेत भिœयाउन सकिने प्रशस्तै सम्भावना रहेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

उनका अनुसार तालको विकास सँगसँगै निस्कोट गाउँको शिरमा भ्यु–टावर ,ताल सम्म जान पदमार्ग मर्मत गर्न आगामी बर्ष बजेट बिनियोजन गरिनेछ । ‘हामीले निस्कोत ताल संगै देविस्थानमा रहेको तालको पनि संरक्षण र प्रसारप्रसार गर्ने छौँ’ उनले भने, गाउँपालिका भित्र रहेको यस्ता पर्यटकीय सम्भावना बोकेका पर्यटकीय स्थलहरुको विकास र प्रचार प्रसारका लागि गाउँपालिकाले गुरु योजना नै बनाएर काम गरिरहेको छ ।

Related News

वैदशिक रोजगारी सम्बन्धविच्छेदको कारक बन्दै
वैदशिक रोजगारी सम्बन्धविच्छेदको कारक बन्दै
  • २०७७ फाल्गुन १२, बुधबार १८:३१

जिल्ला अदालत बागलुङमा गत आर्थिक वर्ष चारसय ९५ मुद्दा दर्ता भए । ती मुद्दामा दुई सय ३२ सम्बन्धविच्छेदका थिए ।...

लायन्स क्लब अफ बेनी सिटीद्धारा फलफुल गोडमेल तथा वृक्षारोपण
लायन्स क्लब अफ बेनी सिटीद्धारा फलफुल गोडमेल तथा वृक्षारोपण
  • २०७७ फाल्गुन १२, बुधबार १८:३१

म्याग्दी ।म्याग्दीमा रहेको लायन्स क्लब अफ बेनी सिटीद्धाद्धारा डम्मरामा बृक्षारोपण तथा बराहपाखोमा फलफुलका विरुवा गोडमेल गरिएको छ ।आइतबार सिटीका अध्यक्ष...

राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
  • २०७७ फाल्गुन १२, बुधबार १८:३१

म्याग्दी । राष्ट्रिय जनसांस्कृतिक महासंघ अन्तरगतको घटक संगठन राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन हुनुभएको छ ।...

TOP