२०७९ असार २२
July 6, 2022, Wednesday

२३ बर्षमा नै काँग्रेसको बेनी नगरपालिकाको सचिवमा निर्वाचित भए जिसी

२३ बर्षमा नै काँग्रेसको बेनी नगरपालिकाको सचिवमा निर्वाचित भए जिसी

म्याग्दी ।
नेपाली काँग्रेस बेनी नगरपालिकाको सचिवमा २३ बर्षका झलक जिसी निर्वाचित हुनुभएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको नगरपालिकाको निर्वाचनामा ६७ मत लिएर जिसी बिजय भएका छन् । नेबिसंघ म्याग्दीका उपाध्यक्ष समेत रहेका जिसी बेनी नगरपालिका ६ छापका हुनुहुन्छ ।

काँग्रेसप्रति युवाको आशा जगाउन आफूले सचिव पदमा उमेम्वारी दिएको र बिजय भएकोमा सबैला्रई धन्यबाद समेत दिनुभएको छ । जिसी नगरसभापतीमा रबिन्द्र कार्कीको प्यानलबाट सचिवमा उम्मेद्धारी दिनुभएको थियो ।

सभापतिका उम्मेदवार विक्रम बोगटीलाई ८ मतले पराजित गर्दै कार्की विजयी भएका छन् । कार्कीले ७६ मत ल्याउनु भएको थियो भने बोगटिले ६८ मत ल्याउनु भएको छ । त्यसैगरि उपसभापतिमा हरि पौडेल र गंगाबहादुर खत्री विजयी हुनुभएको छ । पौडेलले ७३ र खत्रीले ७२ मत प्राप्त गर्नुभएको छ ।

सचिवमा ज्ञानेन्द्र श्रेष्ठ झलक जिसि बिजयी हुनुभएको छ । श्रेष्ठले ८१ र जिसीले ६७ मत पत प्राप्त गरेका छन् ।
त्यसेगरि सहसचिब पदमा स्यानिमाया कार्कि ८१ र शान्ति शर्माले ७५ मत प्रााप्त गरेर विजयी भएको निर्वाचन अधिकृत निरञ्जनराज भण्डारीले जानकारी दिनुभयो ।

नगर कार्यसमितिमा ७ पदाधिकारी,प्रत्येक वडाबाट १ महिला सहित ३ जना,खस आर्यबाट ४ महिला सहित ९ जना,आदीवासी जनजातीबाट ३ महिला सहित ६ जना, दलितबाट २ महिला सहित ५ जना, अपाङ्गबाट १ महिला सहित २ जना र मुस्लीम समुदायबाट १ जना कार्यसमितिमा रहने व्यवस्था छ ।

Related News

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
  • २०७८ आश्विन १०, आईतवार २२:२९

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
  • २०७८ आश्विन १०, आईतवार २२:२९

म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...

म्याग्दीका  स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
म्याग्दीका स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
  • २०७८ आश्विन १०, आईतवार २२:२९

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...

TOP