२०७९ असार २२
July 6, 2022, Wednesday

आजदेखि बडादशैँ आरम्भ

आजदेखि बडादशैँ आरम्भ

हिन्दुको महान् चाड बडादशैँको पहिलो दिन घर, डेरामा घटस्थापना गरेर बिहीबार बडादशैँ आरम्भ हुँदै छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादशैँ मनाउने प्रचलन छ । असत्यमाथि सत्यको विजय र दानवी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा यो चाड मनाइँदै आएको छ ।
बिहीबार दियो, कलश र गणेश स्थापना गरी पूजासहित पूर्ण जलघडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदै छ । हनुमानढोका दरबारस्थित दशैँघरमा पनि महालक्ष्मी, महासरस्वती र नवदुर्गाको पूूजाअर्चनासहित जमरा राखेर घटस्थापना गरिँदै छ ।

गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले मुलुकका प्रायः सबै राजगुठीअन्तर्गतका शक्तिपीठमा घटस्थापना गरेर जमरा राख्ने र टीकाका दिन सर्वसाधारणसमेतलाई टीका लगाइदिने व्यवस्था भएको जानकारी दिनुभयो ।
भुटनदेवी हेटौँडा, रणउज्जेश्वरी पाल्पा, पूर्णचण्डी जावलाखेल, नवदुर्गा र ब्रह्मायणी भक्तपुर, काठमाडौँको मैतीदेवी, पशुपतिको झङ्केश्वरी, गुह्येश्वरीलगायतका शक्तिपीठमा पनि जमरा राख्ने तयारी भएको छ । समस्त शक्तिपीठमा स्थानीयवासीले सरसफाइ गरेर घटस्थापनाको तयारी गरेका छन् । बिहान ११ः४६ मा घटस्थापना गर्न उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले भनेको छ ।

बलि नहुने
भक्तपुरको तलेजुमा यो वर्ष कालरात्रि तथा अन्य पूूजाका लागि दिइँदै आएको दोपाया, चौपायाको बलि नदिइने निर्णय भएको छ । कोरोना सङ्क्रमणबाट बच्न बचाउन भीडभाड गर्न नमिल्ने भएकाले यो बलि रोकिएको हो ।
भक्तपुर गुठी संस्थानका प्रमुख आनन्दप्रसाद कर्माचार्यका अनुसार तलेजुमा बडादशैँका बेला ३३ राँगा, ६३ बोका र ४० वटा हाँस बलि दिनुपर्ने प्रचलन छ । भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, पुजारी, रकमी कर्मचारीको सहमतिमै यो बलि रोकिएको हो तर हनुमानढोकास्थित मूलचोकमा हुने कालरात्रि भने साबिकअनुसार नै रहनेछ । यसका लागि खटिनुभएका अर्थ मन्त्रालयका शाखा अधिकृत राजभाइ श्रेष्ठका अनुसार यहाँ ५४ राँगा र ५४ बोकाको बलि दिइन्छ ।
यही अवसरमा काठमाडौँको हनुमानढोका दरबारस्थित तलेजुको मन्दिर योपल्ट भक्तजनका लागि खुला गरिँदै छ । कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीले दुई वर्ष मन्दिर खुलेन ।

Related News

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
  • २०७८ आश्विन २१, बिहीबार ०६:५२

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
  • २०७८ आश्विन २१, बिहीबार ०६:५२

म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...

म्याग्दीका  स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
म्याग्दीका स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
  • २०७८ आश्विन २१, बिहीबार ०६:५२

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...

TOP