राकेश शर्मा
हिमाली जिल्ला म्याग्दीका विभिन्न स्थानमा ब्यवासायिक रुपमा भेडाबाख्रा पालन गरिएको छ । गोठ बन जङगलको बिचमा हुने र गोठालाहरु पनी कम हुने भएकाले भेडाबाख्राको सारथी कुकुर हुने गरेका छन् । जंगली जनावरको आक्रमणबाट जोगाउने मुख्य हतियार कुकुर भएको व्यवसायीहरुको भनाई छ। हिमालको फेदीमा वन र जंगलमा पालिने भेडाबाख्रको सारथी कुकुर भएका छन् । पछिल्लो समय मानिसहरु आफ्नो घरमा शोक (इच्छा) मा पाल्ने कुकुर भेडीगोठमा भने भेडाको रक्षाका लागि पाल्ले गरिएको छ।
जिल्लाको धवालगिरी गाउँपालिका–५ मल्कवाङमा विगत ४ बर्ष देखी भेडापालन गर्दै आएको हिम बहादुर छन्त्यालको गोठमा अहिले करिब ५ सय वटा भेडाबाख्रा छन् ती भेडाबाख्रा हेर्नका लागि उनले ५ वडा भोटे कुकुर पालेका छन् । कुकुरले जंगली जनावरको चाल छिटो सुन्ने र सुँघेर बाघ, भालु, चितुवा र स्याल जस्ता जंगली जनावरको चाल थाहा पाएपछि भुकेर गोठालोहरुलाई संकेत गर्ने काम कुकुरले गर्ने उनको भनाई छ । ‘कुकुर भएपछि यो बनको बिचमा रहेको गोठमा हामी रातभरी सुत्न पाउछौँ, भेडाबाखा्र पनि सरक्षित हुन्छन्’ उनले भने, बिहाना कुकुरलाई खाना दिएपछि छोड्दियो दिनभरी भेडाबाख्रा संगै बनमा जान्छन् अनि साँझ भेडा संगै गोठमा आउछन् ।
मेरो गत बर्ष कुकुर थिएनन् छन्त्यालले भने, त्यो बर्ष चितुवा, जंगली जनावरबाट बर्षमा २० वटा भेडाबाख्रा पाईदिएको थियो, ‘यो बर्ष रुमुमबाट एउटालाई ६० हजार हालेर कुकुर लिएको छु, अहिले मंग ५ वटा कुकुर छन् अहिले सम्म केसैले पनि खाएको छैन’ उनका अनुसार अहिले उनी संग भएको एउटा कुकुर बिहाउने छ, उस्ले जन्माउने बच्चलाई पेटमा नै पोखराबाट प्रतिवटा १० हजार रुपैयाँ अग्रिम दिएका छन् ।
कुकुरकै कारण गोठको दैनिकी सहज र सुरक्षित हुदै आएको व्यवसायीयको भनाई छ । घुम्ती चरणबाट पाल्दै आएका ब्यवासायिक भेडाबाख्रा गोठको सुरक्षाका लागि बसेको कुकुरले नचिनेको मानिस र जंगली जनावरको आक्रमणलाई रोक्न कुकुरले जानकारी गराउने गरेको छ । एउटा कुकुरको मुल्य ३० हजार देखी ६० हजार सम्म पर्ने गरेको छ। मनिसलाई हेरालु राख्दा खर्च पनी बढी हुने र जंगली जनावरबाट बचाउन पनी नसकीने भएकाले भेडी गोठमा कुकुर अनिबार्य हुनुपर्ने भेडा हेरालु धनबाहादुर विक बताउछन् । ‘हामी भेडा जाने सबै ठाउँमा पुग्न सकिदैन, हामी जान नसकेको ठाउँमा कुकुर पुग्छन्, जंगली जनावरबाट हामीले भन्दा बढी कुकुरले नै सुरक्षित राख्छ’ उनले भने, कुुकुर भएन भने हामी पनि बस्न सक्दैनौ ।
घुम्ती चरण गर्दा एक ठाउँबाट अर्को ठाउँमा पु¥याउदाँ बाटोमा, विभिन्न अनकान्टर हिमालको फेदीमा चरणका लागि लगेपनि कुकुर विना भेडागोठ जोगाउन समस्या हुने गरेको छ । नजिकै भेडी गोठमा पालिने भोटे कुकुर नपाउदा व्यवासायीलाई कुकुर लिन अन्यत्र जानुपर्ने बाध्यता रहेको व्यवासायीको भनाई छ ।
बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...
म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...
म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...