२०७९ असार २२
July 6, 2022, Wednesday

एभरग्रीन यूथ क्लवको अध्यक्षमा निरज राम्जाली

एभरग्रीन यूथ क्लवको अध्यक्षमा निरज राम्जाली

म्याग्दीको सदरमुकाम बेनीमा क्रियाशिल एभरग्रीन युथ क्लबको दोस्रो अधिबेशन अध्यक्षमा निरज राम्जाली मगर निर्विरोध निर्वाचित हुनुभएको छ । बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा लेलिन गर्बुजा मगर,सचिव बिजय श्रेष्ठ, कोषाध्यक्ष लेलिन सापकोटा, उपसचिव तेजिन पुन मगर चयन हुनुभएको छ ।त्यसैगरी सदस्यहरुमा विश्वास घर्ती मगर,सन्दिप शेरपुञ्जा मगर, अमृत पुर्जा मगर, तिपेन पुन मगर, पुरन छन्त्याल र मनिष श्रेष्ठ रहेको क्लवका सल्लाहकार विजय घर्ती मगरले जानकारी दिनुभयो । अधिवेशनमा क्लवका सोभन श्रेष्ठ, सोहन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । क्लव सदरमुकाम बेनीमा खेलकुद गतिविधिसँगै सरसफाई लगायतका कार्यमा सक्रिय रहेको छ । नवनिर्वाचित अध्यक्ष राम्जालीले क्लवमार्फत विगतमा भइरहेका कामहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ ।

Related News

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
  • २०७८ माघ ९, आईतवार १३:५८

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
  • २०७८ माघ ९, आईतवार १३:५८

म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...

म्याग्दीका  स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
म्याग्दीका स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
  • २०७८ माघ ९, आईतवार १३:५८

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...

TOP