२०७९ असार २२
July 6, 2022, Wednesday

मिलनचोकमा निशुल्क स्वास्थ्य शिविर

मिलनचोकमा निशुल्क स्वास्थ्य शिविर

साधन राम्जाली
पर्वतको जलजला गाउँपालिका–७,मिलनचोकमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार अन्तर्राष्ट्रिय पर्वत समाजको आयोजना र जलजला गाउँपालिका ,पर्वत जिल्ला अस्पताल लगायत विभिन्न संघ संस्थाको समन्वयमा शिविर सम्पन्न भएको हो । शिविरमा विशेषज्ञहरुले सेवा दिएका थिए । शिविरमा स्त्रीरोग ,दन्तरोग र जनरल सम्बन्धी सेवा दिइएको आयोजकले जनाएको छ ।

शिविरबाट १७५ जना महिला र ४० पुरुषले सेवा लिएको समाजकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगिता कुँवर कार्कीले जानकारी दिइन् । निशुल्क स्वास्थ्य परिक्षण ,परामर्श र औषधी वितरण सम्बन्धी सेवा दिइएको थियो । शिविरमा स्त्रीरोग विशेषज्ञ डाक्टर अनु हिराचन ,धर्मा ढकाल ,दन्त चिकित्सक हेमन्त बाँस्तोला ,जनरल चिकित्सक कृष्ण सुवेदी ,जलजला गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजु बोहोरा लगायतले सेवा दिएका थिए । जलजला गाउँपालिकाका मल्लाज,बाँसखर्क,लेकफाँट ,शालिजा ,धाइरिङ ,नाग्लीबाङ ,बनौ लगायत स्थानीयबासीहरुले सेवा लिएका थिए ।

आर्थिक समस्याका कारण अस्पताल पुग्न नसकेका ग्रामिण क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर शिविरको आयोजना गरिएको समाजकी नेपाल प्रतिनिधि मुना भुषालले बताइन् । शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले शिविर आयोजना गरेकोमा समाजलाई धन्यवाद दिए । उनले अन्तर्राष्ट्रिय पर्वत समाजले यस अघि पनि कोरोना रोकथाम तथा नियन्त्रण ,बाढी पहिरो लगायत विपद् व्यवस्थापन,स्वास्थ्य ,शिक्षा क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । नबिन जिसीले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले बोलेका थिए ।

Related News

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
  • २०७८ फाल्गुन १४, शनिबार १९:५६

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
  • २०७८ फाल्गुन १४, शनिबार १९:५६

म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...

म्याग्दीका  स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
म्याग्दीका स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
  • २०७८ फाल्गुन १४, शनिबार १९:५६

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...

TOP