२०७९ असार २२
July 6, 2022, Wednesday

बचत, ऋण तथा समूह परिचालनसम्बन्धी तालिम

बचत, ऋण तथा समूह परिचालनसम्बन्धी तालिम


मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा बचत, ऋण तथा समूह परिचालनसम्बन्धी तालिम आज (शनिबार) बेनीमा सम्पन्न भएको छ । ग्रामीण नमुना कृषक तथा घरायसी खाद्यान्न उत्पादन समूहका सदस्यहरुलाई लक्षित गरेर तालिम प्रदान गरिएको हो ।

५ दिनसम्म चलेको तालिममा सुआहारा कार्यक्रमको परिचय, समुदायको आर्थिक तथा सामाजिक अवस्था, समूहको अवस्था विश्लेषण, पदाधिकारीको भूमिका र दर्ता प्रक्रिया, समूह परिचालन, सम्पर्क तथा समन्वय, वित्तीय साक्षरता, बचत, ऋणको अवधारणा, पारिवारीक बजेट निर्माण, लेखापालनको अर्थ तथा महत्व, आम्दानी र खर्चको विवरण, कार्ययोजना निर्माण, लेखा व्यवस्थापनलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

समूहको सक्रियता गठन, पुनर्गठन तथा दर्ता प्रक्रियाका लागि समूहको क्षमता अभिवृद्धि गर्ने, समूह परिचालन तथा व्यवस्थापनको लागि आवश्यक आधारभूत सिपको विकास गर्ने र बचत तथा ऋण समूहको हिसाबकिताबको विषयमा आवश्यक आधारभूत सिपको विकास गर्ने तालिमको उद्देश्य राखिएको थियो ।

तालिमको विजय विकास स्रोत केन्द्र गैंडाकोटका स्रोतव्यक्तिद्वय हरिप्रसाद आचार्य, प्रकाश ढकाल र सुआहारा कार्यक्रमको घरायसी खाद्यान्न तथा बजारीकरण अधिकृत केशव भूषालले सहजीकरण गर्नुभएको थियो ।

मिलन म्याग्दीका अध्यक्ष कमला थापाको अध्यक्षतामा समापन भएको तालिममा सुआहारा कार्यक्रमको बागलुङ–म्याग्दीका वरिष्ठ कार्यक्रम संयोजक राजेन्द्र अधिकारी, प्रशिक्षक हरिप्रसाद आचार्य र सहभागी हरिमाया घर्तीले मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिम समापनसत्र सुआहारा म्याग्दीका फिल्ड संयोजक बालकुमारी पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
  • २०७८ फाल्गुन १४, शनिबार २१:००

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
  • २०७८ फाल्गुन १४, शनिबार २१:००

म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...

म्याग्दीका  स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
म्याग्दीका स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
  • २०७८ फाल्गुन १४, शनिबार २१:००

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...

TOP