२०७९ असार २२
July 6, 2022, Wednesday

सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको अध्यक्षमा कार्की चयन

सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको अध्यक्षमा कार्की चयन

सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको आज (शनिबार) सदरमुकाम बेनीमा १०औं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले संघको निवर्तमान उपाध्यक्ष गंगा थापा कार्कीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

अधिवेशनबाट संघको निवर्तमान अध्यक्षमा प्रमिला जोशी, वरिष्ठ उपाध्यक्षमा पुनम खड्का, उपाध्यक्षमा लजालु रोका, सचिवमा अस्मि महत, कोषाध्यक्षमा सुस्मिता श्रेष्ठ र सहसचिवमा शिला कार्की चयन हुनुभएको छ ।

यसैगरी कार्यसमिति सदस्यहरुमा टिका राना, हेमा छन्त्याल, सोनिया राई, सुनिता केसी, मनु बानियाँ, आस्मा मगर, लिला पुन र विष्णु सुवेदी चयन भएको सौन्दर्यकला व्यवसायी संघ म्याग्दीले जनाएको छ ।

म्याग्दीको बेनीमा पहिलोपटक व्युटीपार्लर व्यवसायी सुरु गर्नुभएकी वरिष्ठ सौन्दर्यकर्मी सरस्वती जिसीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको उद्घाटनसत्रमा संघको संस्थापक अध्यक्ष संगीता श्रेष्ठ, सौन्दर्य व्यवसायीद्वय मनु बानियाँ र शिला कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अवसरमा संघका निवर्तमान अध्यक्ष प्रमिला जोशीले आफ्नो कार्यकालमा सहयोग गर्ने सदस्यलाई मायाको चिनोसहित सम्मान गर्नुभएको थियो भने नवनिर्वाचित अध्यक्ष गंगा कार्कीले निवर्तमान अध्यक्ष जोशीलाई कदरपत्र प्रदान गर्नुभएको थियो ।

साधारणसभा तथा अधिवेशनको उद्घाटनसत्र संघका निवर्तमान अध्यक्ष जोशीको अध्यक्षता, उपाध्यक्ष कार्कीको स्वागत र सदस्य अस्मि महतको सञ्चालनमा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष कार्कीले आगामी दिनमा संघमार्फत जिल्लामा सौन्दर्यकला व्यवसायीलाई लक्षित गरेर क्षमता अभिवृद्धिलगायत विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Related News

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
  • २०७८ फाल्गुन १४, शनिबार २१:१३

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
  • २०७८ फाल्गुन १४, शनिबार २१:१३

म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...

म्याग्दीका  स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
म्याग्दीका स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
  • २०७८ फाल्गुन १४, शनिबार २१:१३

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...

TOP