बेनी अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरु संयमित बन्न आग्रह गरेको छ । पछिल्लो समय अस्पतालमा घटेको घटनाबारे बेनी अस्पताल समितिले पत्रकार सम्मेलन गरी जानकारी गराउदै अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसंग संयमित ब्यवहार देखाउन सेवाग्राहीलाई अस्पतालले आग्रह गरेको हो ।
बेनी अस्पतालका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदी मेडिकल सुपरिटेन्डेण्ट डाक्टर जितेन्द्र कडेंलले सयुक्त रुपमा विज्ञप्ती निकाल्दै अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई मनोबलमा असर गर्ने गरी र्दुब्यवहार नगर्न आग्रह गनुभएको छ । सेवाप्रवाहको क्रममा अस्पतालमा भैपरि हुने घटना र सेवाप्रवाहमा हुने कुनै समस्या आईपरेमा प्रक्रियाबद्ध रुपमा आएर सम्वन्धीत निकायमा गुनासो राख्न मेसु डाक्टर कडेंलले आग्रह गर्नुभएको छ ।
‘अस्पतालको सिमित स्रोतसाधन, सिमित भौतिक संरचनाबाट र सिमित जनशक्तिबाट दिएको सेवाप्रवाहको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीहरुमाथि कुनै पनि दुव्र्यहार भएमा असभ्य र्दुब्यवहारमा संलग्न ब्यक्ति कानुनी कारबाही हुने विज्ञप्तीमार्फत अस्पतालले जानकारी गराएको छ।’ अस्पतालमा विभिन्न समयमा उब्जने समस्याहरुमा सम्वन्धीत निकायमा उजुरी र गुनासो गरेर समाधान गर्नेतर्फ सबैले सकारात्मक सहयोग गर्न अध्यक्ष सुवेदीलाई आग्रह गर्नुभएको छ । अस्पतालको भवन निर्माणमा भएको ढिलासुस्तीले सिमित स्रोतसाधन, भौतिक संरचना र जनशक्तिले दिएको सेवालाई आगामी दिनमा थप गुणस्तर बनाउनमा सहयोग र सुझाव दिएर सहयोग गर्न सेवाग्राहीलाई अस्पताल ब्यवस्थापन समितिले आग्रह गरेको छ ।
बेनी अस्पताल ब्यवस्थापन समितिका सदस्य विज्ञान शर्माले बेनी अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कडेंललाई मानमर्दन हुनेगरी अभिव्यक्ति दिएको बिषयमा सदस्य शर्माले आत्मआलोचनासहित माफी मागेर प्रतिवद्धता पत्र ब्यवस्थापन समितिलाई बुझाएरको विज्ञप्तीमा उल्लेख छ ।
अस्पतालमा रहेको एम्वुलेन्स जिर्ण बनेको हुदाँ नयाँ एम्वुलेन्सको लागि जिल्लाका सरोकारवालहरुले सहजीकरण गर्न अस्पतालले आग्रह गरेको छ। विगत दुई महिनादेखि बन्द रहेको एक्सरे सेवा नयाँ एकसरे सेट खरिद गरी सेवा सुचारु भएको डाक्टर कडेंलले जानकारी गराउनुभएको छ। पत्रकार सम्मेलमा समितिका सदस्य किसान विश्वकर्माको उपस्थित थियो ।
बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...
म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...
म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...