२०८१ बैशाख ८
April 20, 2024, Saturday

घतानमा फागुपूर्णीमा मेला सुरु

म्याग्दीको बेनी नगरपालिका–मा ९ मा रहेको शिर्जनशिल नव युवा क्लब कुवागैराको आयोजनामा फागुपूर्णीमा मेला २०८० सुरु भएको छ ।
विभिन्न खेलकुद तथा सांस्कृति कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले खेलकुद क्षेत्रको विकासमा आफुले सक्दो पहल गर्ने बताउनुभयो । उहाँले शिर्जनशिल युवा क्लबको खेल मैदानको स्तरउन्नती गरी बृहत खेलमैदान निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Advertisement

त्यस्तै कार्यक्रममा जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जिल्लामा भलिबल खेलको सम्भावना भएपनि गाउँघरमा गुणस्तरीय खेलमैदान नभएका कारण खेलाडीलाई समस्या भएको बताउनुभयो ।

११ देखि १६ गते सम्म संचालन हुने मेलामा पुरुष भलिबल, पञ्चेबाजा नाच प्रतियोगिता, पौढ भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता लगाएतका प्रतियोगिताहरु छन् ।

मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साङ्गेतिक प्रस्तुति समेत रहने क्लबले जनाएको छ । कार्यक्रममा कार्यबाहक वडा अध्यक्ष गणेश शर्माले बोल्नुभएको कार्यक्रममा क्लबका अध्यक्ष बिस्णु चोखालको अध्यक्षता सम्पन्न भएको कार्यक्रको संचालन टेकबहादुर चोखालले गर्नुभएको थियो ।

Related News

बेनीकाे कालीपुलमा कृषि बजारको भवन निर्माण सुरु
बेनीकाे कालीपुलमा कृषि बजारको भवन निर्माण सुरु
  • २०८० चैत्र ११, आईतवार १६:०९

जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु भएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा बेनी नगरपालिकाले वडा नं...

कागबेनीमा पिण्ड दान गर्ने श्रद्धालुको भीड (फोटो फिचर)
कागबेनीमा पिण्ड दान गर्ने श्रद्धालुको भीड (फोटो फिचर)
  • २०८० चैत्र ११, आईतवार १६:०९

हिमाल पारीको जिल्ला मुस्ताङको कागबेनी धाममा श्रद्धालु भक्तजनले भीड लागेको छ । जिल्लाको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४,स्थित कागबेनी धाममा चैते...

अमेरिकाको बाल्टिमोरमा आयोजित महायज्ञमा २० लाख डलर संकलन म्याग्देली युवा मात्रै गरे पाँच लाख डलर दान
अमेरिकाको बाल्टिमोरमा आयोजित महायज्ञमा २० लाख डलर संकलन म्याग्देली युवा मात्रै गरे पाँच लाख डलर दान
  • २०८० चैत्र ११, आईतवार १६:०९

धु्रवसागर शर्मा Advertisement अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्याण्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा त्यहाँ...

TOP