२०७९ श्रावण २६
August 11, 2022, Thursday

मंगला गाउँपालिकामा एमाले विजयी

मंगला गाउँपालिकामा एमाले विजयी

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा सत प्रसाद रोका विजयी हुनुभएको छ । रोकाले कुल ३ हजार ९ सय ६८ मत प्राप्त गरि दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका विरेन्द्र बुढाथोकीले २ हजार ८ सय ५ र नेकपा माओवादीका टेक बहादुर विकले १ हजार ५ सय २१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा पेमा अधिकारीले ४ हजार २ सय ६१ मत लिएर बिजयी हुनुभएको छ । अधिकारी उपाध्यक्षमा पहिलो पटक विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका शर्मिला थापाले २ हजार ५ सय ९५ र नेकपा माओवादीका सुकमाया रोकाले १ हजार ३ सय ७३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो ।

मंगला ५ मा पनि एमालेको प्यानल नै विजयी भएको छ । मंगलामा एमालेले पालिका अध्यक्ष, उपाध्यक्ष र १,२ र ५ गरि ३ वडा जितेको छ । भने माओवादीले वडा नम्वर ३ र काँग्रेसले वडा नम्वर ४ बरंजामा जित हाँसिल गरेको छ । २०७४ सालको निर्वाचनमा जितेको वडा नम्वर ३ यसपटक एमालले गुमाएको छ भने गत चुनावमा सुन्य रहेको काँग्रेसले यसपटक एउटा वडा जितेको छ । अध्यक्षमा निर्वाचित रोकाले पहिलो कार्यकालमा मंगलाको विकास र समृद्धि तथा नागरिकको सेवा र सुरक्षामा कुशल जिम्मेवारी निभाएकै कारण मंगलाबासीले फेरी पनि भारी मतका साथ विजयी बनाएका छन । उहाँले ११६३ मतान्तरले अध्यक्षमा विजय हाँसिल गर्नुभएको छ ।

Related News

वैदशिक रोजगारी सम्बन्धविच्छेदको कारक बन्दै
वैदशिक रोजगारी सम्बन्धविच्छेदको कारक बन्दै
  • २०७९ जेष्ठ २, सोमबार ०८:४३

जिल्ला अदालत बागलुङमा गत आर्थिक वर्ष चारसय ९५ मुद्दा दर्ता भए । ती मुद्दामा दुई सय ३२ सम्बन्धविच्छेदका थिए ।...

लायन्स क्लब अफ बेनी सिटीद्धारा फलफुल गोडमेल तथा वृक्षारोपण
लायन्स क्लब अफ बेनी सिटीद्धारा फलफुल गोडमेल तथा वृक्षारोपण
  • २०७९ जेष्ठ २, सोमबार ०८:४३

म्याग्दी ।म्याग्दीमा रहेको लायन्स क्लब अफ बेनी सिटीद्धाद्धारा डम्मरामा बृक्षारोपण तथा बराहपाखोमा फलफुलका विरुवा गोडमेल गरिएको छ ।आइतबार सिटीका अध्यक्ष...

राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
  • २०७९ जेष्ठ २, सोमबार ०८:४३

म्याग्दी । राष्ट्रिय जनसांस्कृतिक महासंघ अन्तरगतको घटक संगठन राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन हुनुभएको छ ।...

TOP