२०७९ श्रावण २६
August 11, 2022, Thursday

बेनीमा जेसीजको आयोजनामा निःशुल्क दन्त परिक्षण शिविर सम्पन्न

बेनीमा जेसीजको आयोजनामा निःशुल्क दन्त परिक्षण शिविर सम्पन्न

म्याग्दी जेसीजको २४ औँ स्थापना दिवसको अवसरमा सोमबार म्याग्दी सदरमुकाम बेनीमा निशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । स्थापना दिवसको अवसरमा सञ्चालन गरिएको जेसीज सप्ताह अन्तरगत सोमबार बेनीमा आयोजित दन्त शिविरमा १२० जनाले सेवा लिएको जेसीज सप्ताहका मुल संयोजक हरि भण्डारीले जानकारी दिनुभयो ।

बेनी संजिवनी हेल्थ क्लिनिक र निको डक्टर्स डेन्टलको प्राविधिक सहयोगमा आयोजित शिविरको म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवम् बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले उद्घाटन गर्नुभएको थियो । उहाँले जेसीजले युवाहरुको नेतृत्व र क्षमता विकास संगै सामाजिक कार्यहरुमा गरेको योगदान प्रसंशनीय रहेको बताउनुभयो ।

म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दीप खत्रीले जेसीज सप्ताहको अवसरमा आँखा परिक्षण शिविर, सार्वजनिक भाषणकला तालिम, जनप्रतिनिधिलाई सुझाब संकलन, मावि तहका विद्यार्थीहरुबिच लोकनृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु समेत समावेश गरिएको जानकारी दिनुभयो ।

शाखा अध्यक्ष खत्रीको अध्यक्षता, कोषाध्यक्ष सुमन बानियाँको स्वागत र कार्यकारीणी उपाध्यक्ष एवम कार्यक्रम संयोजक कुमार बानियाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्ष धनन्जयकुमार श्रेष्ठ, पूर्व राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल लगायतको समेत उपस्थिति रहेको थियो ।

Related News

वैदशिक रोजगारी सम्बन्धविच्छेदको कारक बन्दै
वैदशिक रोजगारी सम्बन्धविच्छेदको कारक बन्दै
  • २०७९ जेष्ठ १६, सोमबार १९:३५

जिल्ला अदालत बागलुङमा गत आर्थिक वर्ष चारसय ९५ मुद्दा दर्ता भए । ती मुद्दामा दुई सय ३२ सम्बन्धविच्छेदका थिए ।...

लायन्स क्लब अफ बेनी सिटीद्धारा फलफुल गोडमेल तथा वृक्षारोपण
लायन्स क्लब अफ बेनी सिटीद्धारा फलफुल गोडमेल तथा वृक्षारोपण
  • २०७९ जेष्ठ १६, सोमबार १९:३५

म्याग्दी ।म्याग्दीमा रहेको लायन्स क्लब अफ बेनी सिटीद्धाद्धारा डम्मरामा बृक्षारोपण तथा बराहपाखोमा फलफुलका विरुवा गोडमेल गरिएको छ ।आइतबार सिटीका अध्यक्ष...

राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
  • २०७९ जेष्ठ १६, सोमबार १९:३५

म्याग्दी । राष्ट्रिय जनसांस्कृतिक महासंघ अन्तरगतको घटक संगठन राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन हुनुभएको छ ।...

TOP