२०७९ असार २२
July 6, 2022, Wednesday

स्वास्थ्य कार्यालयद्वारा म्याग्दी बालगृहका बालबालिकाहरुको स्वास्थ्य परीक्षण

स्वास्थ्य कार्यालयद्वारा म्याग्दी बालगृहका बालबालिकाहरुको स्वास्थ्य परीक्षण

‘बाल स्वास्थ्य कार्यक्रम’ भन्ने मूल नारासहित स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा बालबालिकाहरुको स्वास्थ्य परीक्षण भएको छ । नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुको नियमित स्वास्थ्य चेकजाँच एवं उपचार गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पर्वत अस्पतालका बालरोग विशेषज्ञ डाक्टर कुशल बरालले बयस्क मानिसभन्दा बालबालिकाहरुमा छिटो रोग लाग्ने भएकाले पूर्व सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

उहाँले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु सबैभन्दा राम्रो उपाय भएको बताउँदै विभिन्न रोगहरुबाट बचाउनका लागि समय समयमा स्क्रिनिङ क्याम्पहरु गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल बाल सङ्गठन म्याग्दीका कोषाध्यक्ष हरिप्रसाद पौडेलले आगामी दिनमा पनि म्याग्दी बालगृहमा स्क्रिनिङ क्याम्प जस्ता स्वास्थ्यसम्बन्धी गतिविधिहरु नियमित गरिदिन आग्रह गर्नुभयो ।

स्वास्थ्य परीक्षण कार्यक्रममा आवासीय सुविधासहित बालगृहमा बस्दै आएका १० जना बालबालिकाहरुको स्वास्थ्य चेकजाँच गर्नुका साथै परामर्श सेवा तथा निःशुल्क औषधी वितरण गरिएको थियो । शिविरमा बालबालिकाको आँखा, दाँत, मुख र घाँटीको परीक्षणसहित बालरोगसँग सम्बन्धित सबैखाले रोगको परीक्षण गरिएको थियो भने सुआहारा कार्यक्रमको सहयोगमा बालबालिकाहरुको उचाई र तौल नापेर पोषणको अवस्था पत्ता लगाइएको थियो ।

स्क्रिनिङ क्याम्पमा बालरोग विशेषज्ञ डा. बरालसहित बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत डा. गोविन्द पोखरेल, डेन्टल सर्जन डा. अस्मिता कटुवाल, हेल्ट असिस्टेन्ट कमल रावल, नेत्र सहायक सुनिता ढकाल र सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनले उपचार एवं परामर्श सेवा प्रदान गर्नुका साथै उचाई तथा तौलको नापजाँचसहित औषधी वितरण गर्नुभएको थियो ।

परीक्षणको क्रममा बालबालिकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यक्रम स्वास्थ्य कार्यालयका सिनियर अहेव अधिकृत सोमनाथ उपाध्यायको अध्यक्षता र परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
  • २०७९ जेष्ठ २१, शनिबार २०:४८

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
  • २०७९ जेष्ठ २१, शनिबार २०:४८

म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...

म्याग्दीका  स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
म्याग्दीका स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
  • २०७९ जेष्ठ २१, शनिबार २०:४८

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...

TOP