सुरेन गुरुङ
पुन समाज नेपालको १६ औ अधिवेशनको तयारी पुरा भएको छ । बुधबारदेखि पोखरामा हुने समाजको अधिवेशनका लागि देशका विभिन्न जिल्लाबाट प्रतिनिधी, पर्यवेक्षकहरु पोखरामा आएका छन् ।
महाधिवेशनको अवसरमा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधी र सगरमाथा आरोही नायिका दिया गर्बुजा पुनलाई सम्मान गर्ने कार्यक्रम रहेको पुन समाजका महासचिव खिमन शेर्पुजा पुनले बताउनुभयो ।
यसैगरी पोखरामा पुन समुदायले मंगलबार धार्मिक बिधी अनुसार भूमे पुजा गरेका छन् । पुनको भूमे पुजा अवलोकनका लागि विदेशी नागरिक पनि आएका थिए । पुजापछि पुन समुदायले परम्परागत पुख्यौली नृत्य प्रस्तुत गरेका थिए ।
पुख्यौली र नौमति बाजामा नाचगान गरेका थिए । सो कार्यक्रममा रराष्ट्रीय आदिबासी जनजाती महासंघका अध्यक्षः चन्द्रसिङ कुलुङले आदिवासी, जनजाती समुदाय आफ्नो धर्म, भाषा, संस्कार र रहनसहन जोगाउन अग्रसर बन्नुपर्ने बताउनुभयो ।
बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...
म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...
म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...