२०७९ असार २२
July 6, 2022, Wednesday

गाउँ विकासका लागि धाईरिङ्गका युवा एकजुट, धाईरिङ्ग भुमेथानको पर्यटन प्रवद्धन

गाउँ विकासका लागि धाईरिङ्गका युवा एकजुट, धाईरिङ्ग भुमेथानको पर्यटन प्रवद्धन

पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ्गका युवाहरु एक जुट भएका छन् । गाउँको विकास र पर्यटन पर्वद्धन गर्ने उद्देश्यले परिवर्तनको लागि सकरात्मक सोच’ भन्ने नारा सहित एक जुट भएर काम गर्न सुरु गरेका हुन् ।

भुमेथान र गण्डकी गोपाल गौशाला सम्म आउने भक्तजनहरुको सहजतालाई मध्यनजर गरी विभिन्न स्थानमा किलोमिटर देखिने गरी बोर्ड राख्ने कार्य गरेको उहाँले जानकारी दिनुभयो । युवा आचार्यका अनुसार पुजा सम्बन्धि जानकारी तथा मन्दिर परिसरमा गर्न हुने नहुने नियमहरुको जानकारी दिने बोर्ड राखिएको छ ।

भुमेथान परिसरमा फोहोर व्यवस्थापनका लागि ६ थान डस्विन युवाहरुले राखेका छन् ।
साथै भुमेथानलाई व्यवस्थित तरीकाले संचालन गरी मन्दिरको गरिमा र प्रतिष्ठालाई अझ सवल बनाउन युवाहरुले भुमेथान व्यवस्थापन समितिलाई सुझावहरु दिएका छन् ।

मदिरापान तथा मदिराजन्य वस्तु सहित मन्दिर परिसरमा प्रवेश गर्ने गराउने व्यक्ति तथा समूहलाई कानुन बमोजिम सक्त कारबाही गरि उचित जरिवाना समेत तिराउने व्यवस्था गर्न युवाहरुले समितिलाई सुझाएका छन् । मन्दिरको आयव्यय हाल सम्म सार्वजनिक नगरिएकाले सार्वजनिक गर्न युवाहरुले माग गरेका छन् । थानमा सहयोगीदताहरुबाट प्राप्त भएका विभिन्न सामाग्रीहरुको संरक्षणको व्यवस्था मिलाउन युवाहरुले माग गरेका छन् ।

Related News

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
  • २०७९ असार ४, शनिबार २१:१८

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
  • २०७९ असार ४, शनिबार २१:१८

म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...

म्याग्दीका  स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
म्याग्दीका स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
  • २०७९ असार ४, शनिबार २१:१८

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...

TOP