पोखरा
आईतवार डेभलपमेण्ट वैंकर्स एसोसियनको गण्डकी प्रदेश च्याप्टर अन्र्तगत गण्डकी प्रदेश विकास वैंक फोरमको सोमवार वसेको भेलाले मुक्तिनाथ विकास वैंकका गण्डकी प्रदेश प्रमुख शंकर के.सी.लाई संयोजकमा चयन गरेको छ ।
यस अगाडीका संयोजक तथा गरिमा विकास वैंक पोखरा क्लसटर प्रमुख भोला तिवारीको केन्द्रीय कार्यालयमा सरुवा भएकोले रिक्त रहेको उक्त पदमा के.सीलाई चयन गरेको हो । उक्त कार्यक्रममा गरिमा विकास वैंकका नयाँ क्लसटर प्रमुख भक्त वहादुर के.सीलाई स्वागत गर्दै कार्यसमिति सदस्यमा चयन गर्ने समेत निर्णय गरेको छ ।
संयोजक चयन भएपश्चात कार्यक्रममा वोल्दै के.सीेले सामुहिक रुपमा विकास वैंकका समस्या, अवसर र चुनौती तथा अन्य कार्यहरुमा डेभलपमेण्ट वैंकर्स एसोसियसनलाई सुझाव प्रदान गर्ने र गण्डकी प्रदेशमा उल्लेख्य रुपमा समन्वयकारी भुमिका निर्वाह गर्ने वताउनुभयो ।
उक्त भेलाले निवर्तमान् संयोजक भोला तिवारीले आफ्नो नेतृत्वमा फोरमलाई स्थापित गराउन पु¥याउनु भएको योगदानको लागि धन्यवाद ज्ञापन समेत गरेको छ । भेला विकास वैंक फोरमका कार्यवाहक संयोजक श्री सुशिल पौडेलको संयोजकत्वमा सम्पन्न भएको थियो ।
बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...
म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...
म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...