धु्रवसागर शर्मा
म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको भकुण्डेचौरमा अवस्थित अर्जुन माध्यमिक विद्यालयमा आफ्ना दिवंगत हजुरआमा र आमाको स्मृतिमा तेजराज शर्मा सापकोटाले स्थापना गर्नुभएको अक्षयकोषबाट ८ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।
२०७६ सालमा स्थापना गरिएको रु २ लाख २ हजार २ सय ५५ मुलधन रहेको सो अक्षयकोषको व्याजबाट शैक्षिक वर्ष २०७७ र २०७८ मा उत्कृष्ट जिपिए ल्याउने कक्षा १ देखि ८ सम्मका ४ जना र कक्षा ८देखि १२ सम्मका ४ जना गरी ८ जनालाई छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण गरिएको हो ।
द्यालयका प्रधानाध्यापक ओमकार घिमिरेले दिएको जानकारी अनुसार शैक्षिक वर्ष २०७७ मा आधारभूत तहमा सवोत्कृष्ट जिपिए प्राप्त गर्न सफल प्रिन्स खत्री र सुप्रिया गौतमलाई जनही १ हजार ३७० र माध्यमिक तहमा (कक्षा ८–१२मा सर्वोत्कृष्ट जिपिए ल्याउन सफल अंकुश घिमिरे र मनिषा शर्मालाई जनही रु २ हजार ५० र स्टेशनरी सामाग्री प्रदान गरिएको हो ।
त्यसैगरी शैक्षिक वर्ष २०७८ मा आधारभूत तहबाट सर्वोत्कृष्ट जिपिए ल्याउने सचिन पौडेल र सुप्रिया गौतम,कक्षा १२ मा सर्वोत्कृष्ट जिपिए ल्याउन सफल अनिल दमाई र पवित्रा सापकोटालाई क्रमशः रु १ हजार ३७० र रु २ हजार ५० नगद सहित स्टेशनरी सामाग्री प्रदान गरिएको थियो ।
बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...
म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...
म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...