२०७९ श्रावण २६
August 11, 2022, Thursday

१५ दिने उद्घोषण कलासम्बन्धी तालिम सकियो

१५ दिने उद्घोषण कलासम्बन्धी तालिम सकियो

म्याग्दीको सदरमुकाम बेनीमा १५ दिने उद्घोषण, भाषण कला तथा क्षमता विकास तालिम समापन भएको छ । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र पवर्तको आयोजना तथा अपाङ्ग संघ म्याग्दीको संयोजनमा अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यलाई लक्षित गरी तालिमको आयोजना गरिएकाे थियो ।

तालिमको समापना कार्यक्रमको अवसरमा बोल्दै सहायक प्रजिअ अर्जुन शर्माले अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सञ्चालनका लागि क्षमता विकासका कार्यक्रम आवश्यकता रहेको बताए । बेनी नगरपालिकाका शाखा अधिकृत यूवराज थापाले ब्यक्तित्व विकास सबैभन्दा ठूलो सम्पत्ती भएकाले निर्धक्कसंग आफ्नो कुरा राख्न सक्ने हुनु ठूलो उपलब्धी भएको बताए ।

सोही अवसरमा ब्यवसायिक सिप विकास केन्द्र पर्वतका अधिृकत नवराज पौडेलले अझै पनि बोल्ने कलाको विकास हुन नसक्दा अपाङ्ता भएकालाई समस्या भएकाले तालिमको आयोजना गरिएको बताए । तालिमको अवसरमा सहभागीको तर्फबाट आषिश पौडेल, सोमप्रसाद सापकोटा,कृष्ण कुशुम चन्द शाहीले तालिमले नेतृत्व विकाससँगै क्षमता अभिवृद्धि र उद्घोषण कलामा ब्यापक सुधार आएको बताए । ब्यवसायिक सिप विकास केन्द्र पर्वतका अधिृकत नवराज पौडेलले अझै पनि बोल्ने कलाको विकास हुन नसक्दा अपाङ्ता भएकालाई समस्या भएकाले तालिमको आयोजना गरिएको बताए ।

तालिको प्रशिक्षण नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरिकृष्ण गौतमले गरेका थिए । तालिममा औपचारिक कार्यक्रम संचालन विधि प्रक्रिया र भाषण कला,माइन्यूट लेखन लगायतका बारेमा जानकारी सहित माइकमा बोल्ने कलाको अभ्यास लगायत विभिन्न विषयमा सहजीकरण गरेका थिए । तालिमको अध्यक्षता तालिम केन्द्रका प्रमुख सन्तोष पौडेल, स्वागत प्रशिक्षार्थी सुप्रेणा किसान र सञ्चालन प्रशिक्षार्थी सिता थापाले गरिन् ।गएको जेठ २९ गतेदेखि सुरू भएको तालिममा म्याग्दी र पर्वतका गरी २२ सहभागिको उपस्थिती रहेको थियो । तालिमको उद्घाटन बेनी नगरपालिका वडा नं ७ का अध्यक्ष एवम् प्रबक्ता रमेशकुमार श्रेष्ठले गरेका थिए ।

Related News

वैदशिक रोजगारी सम्बन्धविच्छेदको कारक बन्दै
वैदशिक रोजगारी सम्बन्धविच्छेदको कारक बन्दै
  • २०७९ असार १४, मंगलवार २१:३२

जिल्ला अदालत बागलुङमा गत आर्थिक वर्ष चारसय ९५ मुद्दा दर्ता भए । ती मुद्दामा दुई सय ३२ सम्बन्धविच्छेदका थिए ।...

लायन्स क्लब अफ बेनी सिटीद्धारा फलफुल गोडमेल तथा वृक्षारोपण
लायन्स क्लब अफ बेनी सिटीद्धारा फलफुल गोडमेल तथा वृक्षारोपण
  • २०७९ असार १४, मंगलवार २१:३२

म्याग्दी ।म्याग्दीमा रहेको लायन्स क्लब अफ बेनी सिटीद्धाद्धारा डम्मरामा बृक्षारोपण तथा बराहपाखोमा फलफुलका विरुवा गोडमेल गरिएको छ ।आइतबार सिटीका अध्यक्ष...

राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
  • २०७९ असार १४, मंगलवार २१:३२

म्याग्दी । राष्ट्रिय जनसांस्कृतिक महासंघ अन्तरगतको घटक संगठन राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन हुनुभएको छ ।...

TOP