२०७९ श्रावण २६
August 11, 2022, Thursday

प्रेस चौतारी म्याग्दीद्वारा स्व. मदन भण्डारीको जन्मजयन्तीमा अन्तरक्रीया

प्रेस चौतारी म्याग्दीद्वारा स्व. मदन भण्डारीको जन्मजयन्तीमा अन्तरक्रीया

‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित आज (मङ्गलवार) म्याग्दीको सदरमुकाम बेनीमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा स्वर्गीय जननेता मदनकुमार भण्डारीको ७१औं जन्मजयन्तीको अवसरमा अन्तत्र्रिmया गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले स्व.जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमले अहिले देशलाई अगुवाई गरिरहेको बताउनुभयो । उहाँले विश्वमा कम्युनिष्ट आन्दोलनले धक्का खाएको अवस्थामा नेपालमा भने कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाएपछि विश्वमा जबजले आश्चर्यचकित बनाएको धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले नेकपा एमालेले गरेको कामलाई प्रचारप्रसार गर्ने मुख्य जिम्मेवारी प्रेस चौतारीको भएको बताउँदै सङ्गठनलाई आगामी दिनमा थप चलायमान र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमाले जिल्ला सचिव एवं बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपसचिव थमसरा पुन, सचिवालय सदस्य एवं प्रेस चौतारी इन्चार्ज डिपी शर्मा र चौतारीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्ज प्रकाश पौडेलले आ–आफ्नो धारणासहित बोल्नुभएको थियो ।

प्रेस चौतारी म्याग्दीको पाँचौं पूर्ण वैठकसहित आयोजना गरिएको उक्त अन्तत्र्रिmया कार्यक्रममा चौतारीको साधारण सदस्यता विस्तार, स्थानीय तह निर्वाचनको समीक्षा गर्नुका साथै भावी योजना र रणनीतिसहित विविध विषयहरुमा छलफल र निर्णय गरिएको छ । प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता, उपाध्यक्ष देवी जिसीको स्वागत र सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा चौतारीका पूर्व तथा वर्तमान पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Related News

वैदशिक रोजगारी सम्बन्धविच्छेदको कारक बन्दै
वैदशिक रोजगारी सम्बन्धविच्छेदको कारक बन्दै
  • २०७९ असार १४, मंगलवार २२:१३

जिल्ला अदालत बागलुङमा गत आर्थिक वर्ष चारसय ९५ मुद्दा दर्ता भए । ती मुद्दामा दुई सय ३२ सम्बन्धविच्छेदका थिए ।...

लायन्स क्लब अफ बेनी सिटीद्धारा फलफुल गोडमेल तथा वृक्षारोपण
लायन्स क्लब अफ बेनी सिटीद्धारा फलफुल गोडमेल तथा वृक्षारोपण
  • २०७९ असार १४, मंगलवार २२:१३

म्याग्दी ।म्याग्दीमा रहेको लायन्स क्लब अफ बेनी सिटीद्धाद्धारा डम्मरामा बृक्षारोपण तथा बराहपाखोमा फलफुलका विरुवा गोडमेल गरिएको छ ।आइतबार सिटीका अध्यक्ष...

राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
  • २०७९ असार १४, मंगलवार २२:१३

म्याग्दी । राष्ट्रिय जनसांस्कृतिक महासंघ अन्तरगतको घटक संगठन राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन हुनुभएको छ ।...

TOP