२०७९ श्रावण २६
August 11, 2022, Thursday

अर्थुङ्गे–घतान–पाखापानी सडक एक साताका लागि बन्द

अर्थुङ्गे–घतान–पाखापानी सडक एक साताका लागि बन्द

म्याग्दीको बेनी–अर्थुङ्गे–पाखापानी ग्रामीण सडक आजदेखि एक साताका लागि बन्द गरिएको छ । सडका विस्तार तथा स्तरोन्नतिका लागि सडक बन्द गरी तीव्ररुपमा सडक मर्मतको काम अघि बढाइएको हो ।

अठार किलोमिटर सडकखण्डअन्तर्गत बेनी नगरपालिका–६ काफलबोट र बेनी नगरपालिका–९ माटो बिसौनामा अहिले निर्माणकार्य भइरहेको र सडक एक साताभित्रमा मर्मत तथा स्तरोन्नति गरी सवारी साधन सञ्चालन गरिने बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताउनुभयो ।

वडाध्यक्ष केसीका अनुसार सडक मर्मत तथा स्तरोन्नतिका लागि सहरी विकास तथा ढल निकास आयोजना बागलुङ र कार्यशक्ति कन्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालिबीच रु २८ लाख २३ हजारमा सम्झौता भई काम अगाडि बढाइएको हो ।

यसैबीच बेनी नगरपालिका–९ वडा कार्यालयले आज एक सूचना जारी गर्दै बन्द अवधिभर बेनी–गलेश्वर–काउलेगौडाको सडक प्रयोग गरी निर्माण कार्यलाई सघाउन सर्वसाधारणसँग अनुरोध गरेको छ । सडकखण्डमा ढलान, ग्याबिन जालीसहित अन्य संरचना निर्माणको काम भइरहेको वडाध्यक्ष केसीले बताउनुभयो ।

Related News

वैदशिक रोजगारी सम्बन्धविच्छेदको कारक बन्दै
वैदशिक रोजगारी सम्बन्धविच्छेदको कारक बन्दै
  • २०७९ असार २०, सोमबार २१:३६

जिल्ला अदालत बागलुङमा गत आर्थिक वर्ष चारसय ९५ मुद्दा दर्ता भए । ती मुद्दामा दुई सय ३२ सम्बन्धविच्छेदका थिए ।...

लायन्स क्लब अफ बेनी सिटीद्धारा फलफुल गोडमेल तथा वृक्षारोपण
लायन्स क्लब अफ बेनी सिटीद्धारा फलफुल गोडमेल तथा वृक्षारोपण
  • २०७९ असार २०, सोमबार २१:३६

म्याग्दी ।म्याग्दीमा रहेको लायन्स क्लब अफ बेनी सिटीद्धाद्धारा डम्मरामा बृक्षारोपण तथा बराहपाखोमा फलफुलका विरुवा गोडमेल गरिएको छ ।आइतबार सिटीका अध्यक्ष...

राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
  • २०७९ असार २०, सोमबार २१:३६

म्याग्दी । राष्ट्रिय जनसांस्कृतिक महासंघ अन्तरगतको घटक संगठन राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन हुनुभएको छ ।...

TOP