२०७९ आश्विन १०
September 26, 2022, Monday

रघुगंगा गाउँपालिकामा १२ सामुदायिक वटा विद्यालयमा कम्प्युटर शिक्षक राखिने

रघुगंगा गाउँपालिकामा १२ सामुदायिक वटा विद्यालयमा कम्प्युटर शिक्षक राखिने

राकेश शर्मा,
म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि पालिका भित्रका १० वटा माध्यामिक र २ वटा निमावि गरि १२ विद्यालयमा कम्प्युटर शिक्षक राख्ने भएको छ । प्राविधिक रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अंग्रेजी तथा कम्प्युटर विषयमा अब्बल बनाउन पालिकाले आर्थिक बर्ष २०७९÷८० मा बजेट नै विनियोजन गरेको छ ।

माध्यामिक विद्यालयहरु, ज्ञानोदय, रघुगंगा, जनता, कालिका, रितुङ, मुक्तिधाम, महेन्द्र, अमर मावि पाखापानी, अमर मावि चिमखोला र महादेव माध्यामिक विद्यालयमा कम्प्युटर शिक्षक व्यवस्था गरिने भएको छ । साथै ४ वटा नि. माध्यामिक विद्यालय मध्य दुई विद्यालयमा मात्र विद्यार्थीको संख्याको आधारमा कम्प्युटर शिक्षकको व्यवस्था गरिने गाउँपालिका शिक्षा अधिकृत कृष्ण प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हामीले १४ विद्यालयमा नै कम्प्युटर शिक्षक राख्ने व्यवस्था गरेका थियौ तर दुई वटा विद्यालयमा विद्यार्थीको संख्या निकै कम भएकाले अहिलेलाई दुई विद्यालयमा मात्र राखीनेछ । गाउँपालिका भित्रका प्रस्तावित माध्यामिक विद्यालयलाई आवश्यकता अनुसार गत दुई बर्ष देखि गणित, विज्ञान र अंग्रेजीका शिक्षकहरु समेत गाउँपालिकाले नै व्यवस्था गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीका अनुसार निमावि तह सरहको सेवा सुविधा पाउने गरि कम्प्युटर शिक्षक व्यवस्था गर्न गाउँपालिकाले आर्थिक बर्ष २०७९÷८० मा १ करोड १३ लाख ५० हजार बजेटको समेत विनियोजन गरिएको छ ।

पालिका भित्र रहेका माध्यमिक शिषा संचालन भएका तर माध्यामिक तहको शुन्य दरबन्दी भएका विद्यालयहरु ज्ञानोदय, रघुगंगा, जनता, कालिका र रितुङ माध्यामिक विद्यालयमा एक÷एक जना माध्यामकि शिक्षको व्यवस्थापन गरिएको पालिका प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार रघुगंगा, जनसुन्दर, देउराली आधारभूत, ज्ञानोदय माध्यामिक, सिद्धार्थ ज्ञानमन्दिर आधारभूत र वालविकास केन्द्र माझखर्कमा बालविकास सहजकर्ता तथा मुक्तीधाम माध्यामिक विद्यालयमा सहयोगी कर्मचारी व्यवस्था गरिएको छ ।


पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको चासो कम हुदै गएको अवस्थामा पालिकाको शिक्षा क्षेत्रलाई प्रविधिमैत्री र व्यवहारिक बनाउन पहिलो प्राथमिकता राखेर अघि बढेको पालिका अध्यक्ष भब बहादुर भण्डारीले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा अध्यापनरत बालबिकास सहजकर्ता तथा विद्यालय सहयोगीहरूको तलब भत्ताका सम्बन्धमा नेपाल सरकारले निर्धारण गरेको मासिक तलब रु ८ हजारमा रू ७ हजार थप गरी १५ हजार पूर्याईएकोमा १५ प्रतिशत वृद्धी गरेको गाउँपालिकाले जनाएको छ ।

Related News

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
  • २०७९ असार ३२, शनिबार १९:३१

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति...

मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
  • २०७९ असार ३२, शनिबार १९:३१

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको राजधानी...

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
  • २०७९ असार ३२, शनिबार १९:३१

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।...

TOP