२०७९ आश्विन १०
September 26, 2022, Monday

५० औं थाक खेलकुद च्याम्पियनसीप तथा रनिङ शील्ड प्रतियोगीता ताक्लुङमा हुने

५० औं थाक खेलकुद च्याम्पियनसीप तथा रनिङ शील्ड प्रतियोगीता ताक्लुङमा हुने

सुशीलबाबु थकाली, थाक खेलकुद तथा सांस्कृतिक बिकास संघद्वारा प्रत्येक बर्ष आयोजना हुने ५० औं थाक खेलकुद च्याम्पियनसीप तथा रनिङ शील्ड प्रतियोगीताको आयोजना ताक्लुङमा हुने भएको छ । उक्त च्याम्पियनसीप मुस्ताङको थासाङ गाउँ पालिका वडा नम्बर ५ स्थित ताक्ुलङमा आयेजाना हुने आयोजक समितिले बताएको छ ।

यस अघि भएको ४९ औं च्याम्पियनसीप मुस्ताङको घरपझोङ गाउँ पालिका अन्तरर्गत जनहित युवा क्ल्बले आयोजना गरेको थियो । त्यसपछि आयोजना हुने भनिएको ५० औं संस्करण ताक्लुङमा आयोजना हुने भनिए पनि कोभिडको कारण हुन सकिरहेको थिएन । दुई बर्षसम्म कोभिडकै कारण आयोजना हुन नसकेको च्याम्पियनसीप यस बर्ष भने भव्य रुपमा ताक्लुङमा सम्पन्न हुने भएको छ ।


अशोज महिनाको ५,६,७ र ८ गते सम्पन्न हुने उक्त च्याम्पियनसीपमा स्थानीय स्तरको खेल र कलाको प्रर्दशन हुनेछ । बिगत लामो समयदेखी मुस्ताङ जिल्ला भित्र आयोजान हुदै आइरहेको उक्त च्याम्पियनसीपले स्थानीय स्तरबाटै युवा खेलाडी र अब्बल दर्जाका कलाकारहरुको उत्पादनमा जोड दिदै आइरहेको छ । यस बर्ष पनि यिनै कुराहरुलाइ मध्यनजर गर्दै विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्र्ने संघका सचिव दिपक लालचनले बताए ।

उनका अनुसार गत साल आयोजना गर्ने भनिए पनि कोभिड–१९ को कारण सञ्चालन गर्न नसकेको बताए । दुई बर्षसम्म निरन्तर रुपमा कोभिड–१९ को कारण च्याम्पियनसीपलाई पूर्ण रुपमा असर पु¥याएको लालचनले बताए, उनले भने– अब च्याम्पियनसीपलाई व्यवस्थित रुपमा सञ्चालन गर्न संघ अग्रसर भैसकेको छ । त्यसैले ५० औं संस्करण भव्य रुपमा सम्पन्न गर्न आजैबाट बिभिन्न उप–समितिहरु समेत तयार गरी सकेको लालचनले बताए ।

बिशेष गरी मुस्ताङको थाकखोला क्षेत्रभित्रका जोमसोम, स्याङ, मार्फा, टुकुचे, कोबाङ, लेते, कुञ्जो र घासा गाउँ नै थाक खेलकुद तथा साँस्कृतिक बिकास संघ भित्रका क्ल्बहरु हुन् । संघको स्थापना बिक्रम संवत् २०२७ सालमा स्थापना भएको हो । संघले सञ्चालन गर्ने मुख्य प्रतियोगिताहरु पुरुष भलिबल, महिला भलिबल, विविध साँस्कृतिक कार्यक्रम, आधुनिक नाचगान, परम्परागत तारा खेल प्रतियोगिताका साथसाथै विविध प्रदर्शनका कार्यक्रमहरु पनि आयोजना हुने गर्दछ ।

यसै शिलशिलामा केही बर्ष यता नारीहरुको उच्च मनोबल सहितको व्यक्तित्व विकासमा टेवा पुग्ने हिसाबले मिस मुस्ताङको समेत आयोजना हुदै आइरहेको सचिब लालचनले बताए । यस कारण पछिल्लो केहि बर्षहरुमा जिल्लाका युवा वर्गमा देखिएको सकारात्मक सोच र त्यसप्रतिको लागव वास्तवमै कोषेढुङ्गा सावित हुदै आएको पनि लालचनको ठम्याइ रहेको छ ।

सधैझै आपसि सम्बन्ध कायम हुने यस कार्यक्रमको मुख्य ध्यय भनेको नै मुस्ताङ जिल्लाका सबै क्ल्बहरुबीच आपसि सम्बन्ध कायम गर्ने, भेटघाट, चिना परीचय र भाइचाराको काम गर्नुको साथै एकता समेत कायम हुने लालचनले बताए । ५० औं संस्करणम हुने बिभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रममा यस बर्षको थाक खेलकुद च्याम्पियनसीप तथा रनिङ शील्ड प्रतियोगितामा पुरुष भलिबल प्रथमलाइ नगद ५० हजार शील्ड, मेडल र प्रमाणपत्र, द्वितीयलाइ नगद २५ हजार, शील्ड, मेडल र प्रमाणपत्र र उत्कृष्ट खेलाडीलाइ नगद ५ हजार शील्ड, मेडल र प्रमाणपको व्यवस्था रहेको छ ।

यसैगरी महिला भलिबल प्रथमलाई नगद २५ हजार, शील्ड, मेडल र प्रमाणपत्र, द्वितीयलाइ नगद १५ हजार, शील्ड, मेडल र प्रमाणपत्र र उत्कृष्ट खेलाडीलाइ नगद ५ हजार, शील्ड मेडल प्रमाण पत्रको व्यवस्था रहेको छ । यसैगरी तारा खेल प्रथम हुनेलाइ नगद २५ हजार, शील्ड, मेडल र प्रमाणपत्र र द्वितीय हुनेलाइ नगद १५ हजार, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ ।

यसै गरी साँसकृतिक कार्यक्रम तथा नाच प्रतियोगिताको लागि प्रथम हुनलाइ नगद २५ हजार, मेडल र प्रमाणपत्र र द्वितीय हुनेलाइ नगद १५ हजार मेडल र प्रमाणपत्र साथै उत्कृष्ट पुरुष कलाकारलाइ नगद ५ हजार, मेडल र प्रमाणपत्र र उत्कृष्ट महिला कलाकारलाइ नगद ५ हजार मेडल र प्रमाणपत्रको व्यवस्था रहेको लालचनले बताए । यसैगरी स्वर प्रतियोगितामा प्रथम हुनेलाइ नगद २५ हजार, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाइ नगद १५ हजार, मेडल र प्रमाणपत्रको व्यवस्था गरीएको छ ।

यसै गरी केही बर्ष यता सञ्चालन गर्दै आएको मिस मुस्ताङ प्रतियोताको लागि पुरस्कार स्वरुप नगद २५ हजार, मेडल र प्रमाणपत्रको व्यवस्था हुने भएको आयोजकले बताएको छ । प्रथम रनर अपलाइ नगद १५ हजार, मेडल र प्रमाणपत्र र द्वितीय रनर अपलाइ नगद ५ हजार, मेडल र प्रमाणपत्रको व्यवस्था गरीएको हो । साथै कार्यक्रमका मुख्य आकर्षनका केन्द्र मानिने थकाली गीत रचनाकारको लागि उत्कृष्ट भनेर नगद स्वरुप १५ हजारको व्यवस्था गरीएको छ ।

यसैगरी प्रतिभा प्रदर्शनको लागि नगद १५ हजारको व्यवस्था गरीएको हो । भने मार्चपास, अनुशासन क्ल्ब र पोशाकमा उत्कृष्ट हुनेलाइ नगद १०÷१० हजारको व्यवस्था गरीएको संघका सचिव दिपक लालचनले बताए । हाल संघमा आबद्ध क्ल्बहरु जनहित युवा क्ल्ब, जनकल्याण युवा क्ल्ब, मिलिजुलि युवा क्ल्ब, निलगिरी युवा क्ल्ब, धौलागिरी युवा क्ल्ब, निर्मल स्पोर्टिङ युवा क्ल्ब, अन्नपूर्ण युवा क्ल्ब र सिक्स सोल्टि युवा क्ल्ब रहेका छन् । File Photo

Related News

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
  • २०७९ श्रावण १५, आईतवार १७:५२

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति...

मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
  • २०७९ श्रावण १५, आईतवार १७:५२

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको राजधानी...

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
  • २०७९ श्रावण १५, आईतवार १७:५२

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।...

TOP