२०७९ आश्विन १०
September 26, 2022, Monday

प्रकृतिको काखमा नालन्दा बुद्धिस्ट स्कुल, अनुशासन पहिलो प्राथकिता

प्रकृतिको काखमा नालन्दा बुद्धिस्ट स्कुल, अनुशासन पहिलो प्राथकिता

सुशीलबाबु थकाली, मुस्ताङ, हिमाल पारीको जिल्ला मुस्ताङको सुन्दर गाउँहरु मध्य टुकुचे पनि एक हो । उक्त टुकुचे गाउँ मुस्ताङको थासाङ गाउँ पालिका वडा नम्बर –१ मा पर्दछ । टुकुचे गाउँ भनेपछि सायदै, नचिन्ने कोही पनि छैन होला । बिकासको मूल धारसँग रमाउन बानी परिसकेको मुस्ताङको यिनै मनमोहक गाउँहरु मध्यको एक हो– टुकुचे गाउँ । शिक्षा क्षेत्रमा अब्बल मानिदै आएको टुकुचे गाउँमा दुई वटा माध्यमिक बिद्यालय र एउटा सामुदायिक पुस्तकालय रहेको छ । शिक्षा नै सर्वोपरि हो भन्ने कुरा पुर्खाहरुले नै सिकाएका थिए ।

आज त्यहि मूल मन्त्रलाइ आत्मसात गर्दै टुकुचेमा रहेका तिनै विद्यालयहरुले जिल्लामा छुट्टै पहिचान बनाउन सफल भएको छ । यसको एउटा ज्वलन्त उदाहरण हो, नालन्दा बुद्धिस्ट स्कुल । अहिले जिल्लाको लागि गहना सावित हुँदै आएको नालन्दा बुद्धिस्ट स्कुल जहाँ अनुशासन पहिलो प्राथमिकतामा रहन्छ ।

बेनी–जोमसोम सडक सञ्जालले छोएको, प्राकृतिक छटाले भरिपूर्ण मानिएको, आफ्नै व्यवस्थित भौतिक पूर्वाधार सहितको विद्यालय भवन भएको, स्थानीय स्तरका शिक्षक शिक्षिकाद्वारा अध्यापन गराउने व्यवस्था रहेको उक्त नालन्दा बुद्धिस्ट स्कुलमा हालसम्म २३९ जना बिद्यार्थीहरुले अध्ययनरत छन् । बिक्रम सम्बत २०६७ सालमा खेन ह्रिन्पोन्छे डा। मंगलध्वज तुलाचनको अगुवाइमा स्थापना भएको स्कुलमा सुरुमा ३० जना विद्यार्थीले अध्ययन गर्दथे ।

स्थापना कालमा जम्मा ३० जना बिद्यार्थीबाट सुरु गरेको स्कुलमा अहिले २ सय ३९ जना बिद्यार्थीहरुले अध्ययन गर्छन् भन्दा अचम्म लाग्न सक्छ । तर वास्तविकता यहि नै हो– जहाँ दीन, दुखि, गरिब र सीमान्तकृत बच्चाहरुको लागि अध्यापन गराइन्छ । भौगोलि हिसाबले अत्यन्तै कठिन मानिने डोल्पा र हुम्ला जस्ता जिल्लाबाट समेत यस नालन्दा बुद्धिस्ट स्कुलमा अध्ययनको लागि बिद्यार्थीहरु आउने गर्छन् । समय परिर्वतनशील छ, समयको महत्वलाई बुझेर आफ्नो सत्कर्म गर्न यहाँ सबैलाई छुट छ । त्यसैले नालन्दा बुद्धिस्ट स्कुल हामी सबैको गहना हो, बिद्यालयकी प्रवन्धक बिमला तुलाचनले भनिन्, – “बरु स्कूल भनेको एकदमै सम्बेदनशील कुरा भएकोले धरै कुराहहरु सोचेर निर्णय गुर्नपर्ने हुन्छ ।”

७७ ओटै जिल्लाबाट बिद्यार्थीहरु अध्ययनको लागि आउने यस स्कुलमा समाजमा दिगो बिकास, परिवर्तण, आपसि सुख शान्ति, करुणा, परोपकार, सदाचार, र ज्ञानको सन्देश दिने र बिशेष गरी बुद्धको शिक्षालाइ चौतर्फि रुपमा फैलाउनुनै बिद्यालयको बिशेषता हो । हाल नालन्दा बुद्धिस्ट स्कुलमा चेपाङ् जातिको मात्रै ८ जना बिद्यार्थीले अध्ययन गर्दछन्, तुलाचनले बताइन् ।

उनका अनुसार भारतको सिक्किम र दार्जिलिङबाट मात्रै १५ जना बद्यार्थीले नालन्दा बुद्धिस्ट स्कुलमा अध्ययन गर्ने गरेका छन् । बिद्यालको यिनै सकारात्मक बिशेषताकै कारण देशैभरिबाट अध्ययनको लागि स्कुलमा आउने गरेको तुलाचनले बताइन् । बाह्र बर्षसम्मको अथक मेहनत र लगावले गर्दा आज समाजमा केही राम्रो काम गरेको जस्तो लाग्छ– तुलाचनले बताइन् । उनका अनुसार स्कूलका शिक्षक तथा स्टाफहरुको अथक मेहेनतले नै आफूलाइ काम गर्न सहज भएको बताइन् ।

बिक्रम सम्बत् २०६२ फागुन १९ गते स्थापीत पद्म सम्भव च्यारीटी फाउण्डेसनको व्यवस्थापनमा नालन्दा बुद्धिस्ट स्कुलको स्थापना भएको समेत बिद्यालयकी प्रवन्धक बिमला तुलाचनले बताइन् । मुख्य गरी यस संस्थाको भावि योजनाहरुसँग कत्तिपनि नडगमगाइ स्कुलको चौतर्फि बिकासमा निरन्तर लागि परेको समेत तुलाचनको जिकिर रहेको छ ।

संस्थाले कल्पना गरेको कार्ययोजना भित्रको मुख्य जिम्मेवारी निभाउनुनै वर्तमान लक्ष्य रहेको समेत तुलाचनले बताइन्, उनले भनीन्–“देश र समाजप्रति जिम्मेवार तथा मानव जीवनमा मानसिक शान्ति, करुणा, सकारात्मक दृष्टिकोणको भावना बिकसित गर्नु र सानै उमेरदेखी बौद्ध धर्मप्रति नजिक भइ आध्यात्मिक शिक्षा र संस्कार प्रदान गर्नु जस्ता कुराहरुको बिकासमा स्कुल परिवार लागिपरेको छ ।” उनले यस कार्यमा सुरुदेखी अहिलेसम्म सहयोग गर्ने सम्पूर्ण टुकुचे गाउँबासी र देश बिदेशमा रहेका सबै सहयोगी मनहरुलाई धन्यवाद समेत व्यक्त गरिन् ।

नालन्दा बुद्धिस्ट स्कुलले गरिब बच्चाहरु पढाइबाट बन्चित नहोउन भनी यस किसिमको शिक्षाको परिकल्पना गर्नु चानचुने कुरा थिएन । कुनै समय भौगोलिक हिसाबले मुस्ताङ अत्यन्तै बिकट मानिन्थ्यो । शिक्षा, स्वास्थ्य र यातायात जस्ता कुराहरु मुस्ताङी जनताको लागि टाढाको कुरा थियो । तर समय बदलिदै गएपछि यी सबै कुराहरु पुरा हँुदै गयो ।

अहिले मुस्ताङ जिल्लामा यातायात सहज भैसकेको छ । गुणस्तरीय शिक्षाको लागि हरेक बिद्यालयले चाँसो देखाउन थालिसकेको छ । यसै क्रममा करिब बाह्र बर्षसम्मको छोटो इतिहास बोकेको नालन्दा बुद्धिस्ट स्कूलले गत सालको एसइइ परीक्षा– २०७८ मा प्रथम पटक सहभागी भएर यस बर्ष मुस्ताङ जिल्लाकै नाम उचो बनाउन सफल भएको बिद्यालय व्यवस्थापन समितिका सचिब बिष्णु थकालीले बताए । नालन्दा बुद्धिस्ट स्कूलको आन्तरिक शु–व्यवस्थापन प्रशंसा योग्य रहेको थकालीको जिकिर रहेको छ ।

विद्यालय व्यवस्थापन समितिले गर्नुपर्ने आवश्यक काम कारबाहिकै कारण आज नालन्दा बुद्धिस्ट स्कूलले आफ्नो नाम सारा देशभरीबाट कमाइरहेको समेत थकालीले बताए, उनले भने– “हामी विद्यालयको सर्वाङ्गिन विकासको निम्ति र बिद्यार्थीको उज्यालो भविष्यको लागि सधै लागिपरेको छौं ।” बिद्यालयले जातजाति भन्ने कुरा मित्थ्या ठान्दछ । बौद्ध धर्ममा जन्मदै कोही सानो र कोही ठूलो भनेर जाताको आधारमा भेदभाव नगर्ने प्रण समेत गरेको कारण आज स्कुलमा २ सय ३९ जना भन्दा बढी बिद्यार्थीहरुले अध्ययन गर्न पाएको थकालीले बताए, उनले भने– “बुद्धको पवित्र उपदेश आज तिनै बिद्यार्थीको लागि बरदान बनेको छ ।”

वारिपारी दुई ठूला– ठूला हिमाल धौलागिरी र निलगिरी अनि वरिपरी हरियाली बनजङ्गल रहेको यस नालन्दा बुद्धिस्ट स्कुलको छेवैबाट थापा खोला बग्छ । अनि नजिकैको पवित्र कालीगण्डकी नदि पलपलमा सुसाइरहदा बिद्यार्थीहरुमा अनुशासनत आउनेनै भयो । त्यसमाथी पनि बौद्ध धर्म शिक्षालाइ अनिवार्य गर्दा आज स्कुलमा अध्ययनरत बिद्यार्थीहरु अन्य बिद्यालयको भन्दा थप राम्रो भैदिएको छ । अनुशासन बिना मान्छेमा कुनै कुरा सम्भव नभएको नालन्दा स्कुलका भोट माषा शिक्षक छिमे नुर्बुले बताए, उनले भने– “बौद्ध धर्म शिक्षाकै कारण बिद्यार्थीहरुमा पठनपाठन लगायत अन्य अतिरिक्त क्रियापलापमा धेरै राम्रो प्रगति गरेको छ ।”

उनका अनुसार नालन्दा बुद्धिस्ट स्कूलमा नेपाल सरकारबाट मान्यता प्राप्त औपचारिक पाठ्यक्रम अन्तरर्गत नेपाली, अङ्ग्रेजी र तिब्बती पाठ्यपुस्तकको माध्यमबाट औपचारिक बौद्ध शिक्षा प्रदान गरिदै आएको बताए, उनले भने– “भोट भाषामा बुद्धले सिकाएका कुराहरुनै मुख्य रहेको र यसलाई नै निरन्तर सिकाउदै आएको बताए ।” यसले गर्दा बिद्यार्थीहरु शिक्षाप्रति लगाव र अनुशासीत रहन्छ ।

यसैगरी बास्तबिक बुद्धको सन्देशलाई समेत आत्मसात गर्ने भोट माषा शिक्षक छिमे नुर्बुले बताए, उनले भने– “नेपाल सरकारले तोकेको पाठ्यक्र अनुसार परम्परागत धार्मिक तर्फ नेपाली, अंग्रेजी, गणित, बिज्ञान, सामाजिक, भोट माषा र बौद्ध शिक्षा अध्यापन हुन्छ ।” नुर्बका अनुसार नेपाली, समाजिक, भोट माषा र बौद्ध शिक्षा बाहेक बाँकी अंग्रेजी माध्यमबाट अध्यापन हुने छिमे नुर्बले बताए ।


नालन्दा बुद्धिस्ट स्कुलले सबै जातजाति, भाषाभाषीका बिद्यार्थीहरुलाइ स्कुलमा अध्यापन गराएका छन् । शिक्षकहरुको सहकार्य र अनुशासननै प्रमुख पाटो भएकोले बिदार्थीले पनि त्यहि कुरा आर्जन गरोस् भन्नको लागि व्यवस्थापन समिति समेत यसमा अहोरात्र खटिरहने होस्टेल इन्चार्ज साइन पुन मगरले बताए । खासमा हाम्रो उद्देश्य भनेको राम्रो नतिजा निकाल्नुनै हो, उनले भने– “स्कुलमा सफा सुग्घर र पौष्टिक खानपान नै मुख्य रहन्छ ।”

नालन्दा बुद्धिस्ट स्कुल आफैमा गहना हो । अझ भनौ जिल्लाको शैक्षिक क्षेत्रमा भर्खरै उदाउँदै गरेको एउटा शैक्षिक संस्था हो । हाल नर्शरीदेखी कक्षा दशसम्म २ सय ३० जना बिद्यार्थीहरुले अध्ययन गरिरहेको उक्त संस्था करिब १ सय रोपनि जग्गामा अवस्थित रहेको बिद्यालयका प्रधानाध्यापक अवन तुलाचनले बताए, उनले भने– “स्कूलमा प्रत्येक बर्ष ३० जनाको दरले नयाँ भर्ना लिने गरेका छौं ।” १ सय रोपनि जग्गा समेत बिद्यालयको आफ्नै स्वामित्वमा रहेको छ ।

जसमा सुन्दर बिद्यालय र आवासिय भवन पनि अवस्थित छ । प्रत्येक बर्ष बिद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिने प्रअ तुलाचनले बताए, उनले भने– “स्कुलमा सैद्धान्तिक पक्षलाइ मात्रै नभै बिद्यार्थीहरुलाइ बालन्तमैत्री तथा व्यवहारीक शिक्षण आवश्यक रहेको छ ।” त्यसैले स्कुल परिवार यस बिषयमा निरन्तर लागिपरेको तुलाचनले बताए । बिद्यार्थीहरुको मनोबैज्ञानिक क्षमतालाई मध्यनजर गर्दै सैद्धान्तिक र व्यवहारिक दुबै हिसाबले शिक्षा प्रदान गरिने बताए, उनले भने– “स्कूलमा पठनपाठनदेखी आवाशीय खर्च व्यवस्थापन सबै निःशुल्क रहेको समेत प्रधानाध्यापक अवन तुलाचनले बताए ।” जतिपनि बिद्यार्थीहरु अध्यापनरत छन् उनीहरुको हालसम्म कुनैपनि चिजमा शुल्क नलाग्ने तुलाचनले बताए ।

जसकारण बिद्यालयद्वारा अंगीकार गरिएको दृष्टिकोण, उद्देश्य र लक्ष्यलाइ साकार पार्न प्रतिबद्ध नेपाल भित्र वा विदेशमा रहेका सारा नेपाली र दयालु दाताहरुलाई स्वेच्छाले सहयोग र समर्थन गर्नको लागि समेत स्कुलले अपिल गरेको छ । किनकी बिकट भन्दा पनि बिकट जिल्लाका बिद्यार्थीहरुले औपचारिक रुपमा अध्ययन गरि शिक्षा प्राप्त गर्ने यस स्कुलमा सरोकारवाला निकायले समेत आवश्यक ध्यान दिन जरुरी छ । जिल्लाका नियमनकारी निकायले समेत यस बिषयमा महत्वपूर्ण कदम चालिदिए एउटा बिद्यार्थी शिक्षा प्राप्त गर्ने सुनौलो मौकाबाट बञ्चित हुने थिएन ।

Related News

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
  • २०७९ श्रावण १८, बुधबार १९:३७

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति...

मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
  • २०७९ श्रावण १८, बुधबार १९:३७

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको राजधानी...

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
  • २०७९ श्रावण १८, बुधबार १९:३७

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।...

TOP