२०७९ आश्विन १०
September 26, 2022, Monday

लायन्स क्लब अफ बेनी सिटीद्धारा फलफुल गोडमेल तथा वृक्षारोपण

लायन्स क्लब अफ बेनी सिटीद्धारा फलफुल गोडमेल तथा वृक्षारोपण

म्याग्दी ।
म्याग्दीमा रहेको लायन्स क्लब अफ बेनी सिटीद्धाद्धारा डम्मरामा बृक्षारोपण तथा बराहपाखोमा फलफुलका विरुवा गोडमेल गरिएको छ ।
आइतबार सिटीका अध्यक्ष ला. राजु बानियाँको नेतृत्वमा बराहपाखोमा फलफुलको विरुवा गोडमेल तथा वडा नं ६ डम्मरामा वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा बेनी नगरपालिका वडा नं. ६ का अध्यक्ष कृष्णसिंह बानियाँ, क्लबका पदअधिकारीहरु पुर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष समेत रहनुभएका दिपेन्द्र श्रेष्ठले लायन्सको गतिविधि बारे स्पष्ट पार्दै सबैलाई सक्रिय रुपमा सेवा भावले अघि बढ्न आग्रह गर्नुभयो ।

क्लबका अध्यक्ष बानियाँले सबै मिलेर सामाजमा राकारात्मक काम सबै एकजुट भएर निरन्तर काम गर्न आग्रह गर्नुभयो । कुनै पनि संघ संस्थालाई नामले भन्दा पनि कामले चिनाउनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा पूर्व अध्यक्ष बिनय श्रेष्ठ, निवर्तमान अध्यक्ष मिलन बानियाँको समेत उपस्थिती रहेको थियो ।

Related News

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
  • २०७९ श्रावण २२, आईतवार ११:४४

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति...

मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
  • २०७९ श्रावण २२, आईतवार ११:४४

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको राजधानी...

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
  • २०७९ श्रावण २२, आईतवार ११:४४

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।...

TOP