२०७९ आश्विन १०
September 26, 2022, Monday

मालिका प्रेस साप्ताहिक पत्रिकाको विमोचन

मालिका प्रेस साप्ताहिक पत्रिकाको विमोचन

बेनी । मालिका प्रेस साप्ताहिक पत्रिकाको विमोचन गरिएको छ । म्याग्दीमा मंगलबारदेखि प्रकाशन शुरु भएको पत्रिकाको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बेनीमा बिमोचन गर्नुभयो । गुनबहादुर पुन सम्पादक भएर मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय बनाएर पत्रकार साधन राम्जालीले पत्रिका प्रकाशन शुरु गर्नुभएको हो ।

बिमोचनका क्रममा जिसस प्रमुख थापाले सूचना प्रबिधिको विकाससँगै औपचारिक सूचनाहरु अनलाइन र सामाजिक सञ्जालबाट प्रवाह हुन थालेकाले पत्रपत्रिकाले खोजमुलक विषयबस्तुमा ध्यान दिनुपर्ने बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले पत्रिकाको फरक महत्व र विशेषता हुने भएकाले तथ्य र यथार्थपरक समाचार प्रकाशन गर्न सुझाव दिनुभयो ।

नेपाली कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केबी), नेशनल मंगोल अर्गनाइजेशनका जिल्ला अध्यक्ष डिके पुन, पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल र म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाईका अध्यक्ष लेकबहादुर पुनले पत्रिका प्रकाशनलाई निरन्तरताको शुभकामना दिनुभयो।

प्रकाशक राम्जाली र प्रबन्धक निर्देशक धलीलाल गर्बुजाले ग्रामिण क्षेत्रका ओझेलमा परेका विषयबस्तुलाई प्राथमिकता दिएर पत्रिका प्रकाशन गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रमको सञ्चालन राकेश शर्माले गर्नुभएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र बेनी नगर कमिटिका अध्यक्ष शेरबहादुर केसी , म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाई सचिव अमृत सापकोटा,समाजसेवीद्धय विरेन्द्र पुन, बेदप्रसाद सुवेदी ,पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

मालिका प्रेस सहित हाल म्याग्दीबाट प्रकाशन हुने साप्ताहिक पत्रिकाको संख्या छ र दैनिक तीन वटा पुगेका छन् । यसअघि रिखार, रुप्से, म्याग्दी प्रेस दैनिक, नवविकल्प, सम्बृद्ध, बेनी, म्याग्दी सञ्चार र बुलबुल साप्ताहिक पत्रिका प्रकाशन हुदै आएका थिए ।

Related News

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
  • २०७९ श्रावण ३१, मंगलवार १९:३०

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति...

मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
  • २०७९ श्रावण ३१, मंगलवार १९:३०

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको राजधानी...

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
  • २०७९ श्रावण ३१, मंगलवार १९:३०

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।...

TOP