२०७९ आश्विन १०
September 26, 2022, Monday

नेपाली कांगेस प्रदेश ‘क’बाट ८ जनाको नाम सिफारिस

नेपाली कांगेस प्रदेश ‘क’बाट ८ जनाको नाम सिफारिस

नेपाली कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्र ‘क’ ले आसन्न प्रदेशसभा सदस्य चुनावको लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।सोमबार सदरमुकाम बेनीमा आयोजित भेलाबाट प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्या. मिनबहादुर कार्की, क्या. डमबहादुर गर्बुजा र सामानुपातिकतर्फ बिमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएको प्रदेश सभा क्षेत्र ‘क’ ले जनाएको छ ।पार्टीेको केन्द्रिय कार्यतालिका अनुसार प्रदेशसभाबाट जिल्ला हुदै प्रदेश समितिमा पठाइने छ ।उम्मेदवार सिफारिसमा प्रत्यक्षतर्फ बेनी नगरपालिकाका निवर्तमान मेयर, अन्नपूर्ण गाउँपालिकाका निर्वतमान अध्यक्ष गर्बुजाका प्रदेश सभाका सभापति छन्त्याल, निर्वतमान पार्टी सचिव रहेका छन् ।त्यस्तै समानुपातितर्फ महिला संघकी अध्यक्ष गौचन, प्रदेश कार्यसमितिका सदस्य श्रेष्ठ, तरुण दल म्याग्दीका अध्यक्ष छन्त्याल र दलित अगुवा विक रहेका छन् । केन्द्रिय मापदण्ड अनुसार तोकिएका उम्मेदवार बाहेक धेरै आकांक्षी भए जिल्लामै मतदान प्रक्रियाबाट छनौट गर्नुपर्ने छ । यसैबीच प्रदेशसभा ख तर्फ पनि कांग्रेमा आकांक्षी धेरै छन् भने प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्षतर्फ पनि सर्वसम्मत नभए मतदान प्रक्रियाबाटै छनौट गरिने छ ।

Related News

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
  • २०७९ भाद्र १३, सोमबार २१:०१

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति...

मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
  • २०७९ भाद्र १३, सोमबार २१:०१

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको राजधानी...

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
  • २०७९ भाद्र १३, सोमबार २१:०१

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।...

TOP