२०७९ आश्विन १०
September 26, 2022, Monday

उसुमा म्याग्दीलाई २ स्वर्ण, ३ रजत र २ काँस्य

उसुमा म्याग्दीलाई २ स्वर्ण, ३ रजत र २ काँस्य

गण्डकी प्रदेशस्तरीय उसु प्रतियोगितामा म्याग्दीले ७ पदक जितेको छ । पोखरामा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगितामा म्याग्दीका खेलाडीले २ स्वर्ण, ३ रजत र २ काँस्य पदक जितेका छन्। प्रतियोगितामा सुशिल कुमार श्रेष्ठले ६५ केजी, दिक्षा राईले ५२ केजीमा स्वर्ण पदक हात पारेका छन् भने ६० केजीमा सवित भण्डारी, समीर किसानले रजत र ४८ केजी र ४६ केजी समुहतर्फ दिपिका राई र निशु बानियाँले कास्य पदक जितेको प्रशिक्षक विकल कँडेलले बताउनुभयो ।

स्वण पदक विजेता श्रेष्ठ रघुगंगा गाउँपालिका वडा नं २ मा आयोजित नेवारी समुदायको बर्खे नाच अन्तरगत लाखे, नागनागिनी सहित विभिन्न कार्यक्रममा सहभागी भएर हतारहतार पोखरा पुगेका थिए । ‘मैले प्रयाप्त तयारी गर्न पाइन,‘तैपनि स्वर्णपदक प्राप्त गर्न सफल भएको छु,‘राष्ट्रिय खेलमा मैले यो भन्दा राम्रो गर्छु’ उहाँले भन्नुयो । श्रेष्ठ सहभागी भएका कुनैपनि प्रतियोगितामा उहाँ पदक विहिन हनुहुदैन ।

उसु खेलमा म्याग्दीलाई सधै पदक दिलाउने श्रेष्ठ आफै प्रशिक्षक समेत बनेर नयाँ खेलाडी उत्पादनमा जुटिरहेका छन् । नेवार समुदायका नाचदेखि खेलसम्म चम्किएका श्रेष्ठले अहिलेसम्म दर्जनभन्दा धेरै पदक जितेका छन् । पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडी छनौटमा म्याग्दीले मार्सलआर्ट विधामा राम्रो गरेको छ ।

Related News

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
  • २०७९ भाद्र १८, शनिबार ०७:३४

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति...

मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
  • २०७९ भाद्र १८, शनिबार ०७:३४

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको राजधानी...

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
  • २०७९ भाद्र १८, शनिबार ०७:३४

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।...

TOP