२०७९ आश्विन १०
September 26, 2022, Monday

कांग्रेसको वडा स्तरीय ‘जनताको साथमा कांग्रेस अभियान’ सुरु

कांग्रेसको वडा स्तरीय ‘जनताको साथमा कांग्रेस अभियान’ सुरु

म्याग्दी ।
नेपाली काङ्ग्रेस म्याग्दीले जिल्लाको ४५ वटै वडामा ‘जनताको साथमा काङ्ग्रेस’ अभियान सुरु गरेको छ । केही दिन अघि पालिका स्तरमा कार्यक्रम सम्पन्न गरेको कांग्रेसले मंगलबारेखि वडा स्तरमा कार्यक्रम सुरु गरेको हो ।

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सुरु भएको हो । जिल्ला सचिव भरत वहादुर रकालका अनुसार अभियानका पहिलो चरणमा १० वटा वडामा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कार्यसमिति सदस्य, प्रदेश र महाधिवेशन प्रतिनिधिहरुलाई वडामा संयोजक बनाएर प्रत्येक वडामा कार्यक्रम सम्पन्न गर्न निर्देशन दिईएको छ ।

कांग्रेसले पार्टीको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धी एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने, गठबन्धन हुदाँको अवस्थामा निर्वाचन जित्न सक्ने आधारहरु, गठबन्धनमा आवद्ध दलहरुसँग सहकार्य लगायतका विषयमा अभियानमा छलफल हुने जनाइएको छ ।

पार्टीको निर्णय अनुसार वडा स्तरमा तोकिएका संयोजकहरु कम्तीमा पनि वडामा दुई दिन÷दुई रात बस्नुपर्ने र जनताको समस्याका बारेमा जानकारी लिने गर खटाईएको जिल्ला सचिव हिरा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक संयोजकले यही भदौ २४ गते भित्र वडाको कार्यक्रम सम्पन्न गरेर जिल्ला कार्य समितिलाई प्रतिवेदन पेश गर्नुपर्नेछ ।

Related News

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
  • २०७९ भाद्र २१, मंगलवार २२:५३

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति...

मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
  • २०७९ भाद्र २१, मंगलवार २२:५३

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको राजधानी...

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
  • २०७९ भाद्र २१, मंगलवार २२:५३

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।...

TOP