२०७९ आश्विन १०
September 26, 2022, Monday

सहर केन्द्रित अनुदान बन्द गर्न अगुवा कृषकको माग

सहर केन्द्रित अनुदान बन्द गर्न अगुवा कृषकको माग

कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्षमा सञ्चालन हुने विविध कार्यक्रमहरु सार्वजनिक गरेका छन् । दुवै कार्यालयले बिहिबार संयुक्त कार्यक्रम गरी आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रमबारे सरोकारवालालाई जानकारी गराएका हुन् ।

कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा जिल्लाका लागि विभिन्न शिर्षकमा ४ करोड उन्नाईस लाख छ्यालिस हजार रुपैयाँ बराबरको कार्यक्रमहरु रहेका छन् । विनियोजित रकममध्ये ४ करोड ४ लाख ८६ हजार रुपैयाँ पुँजीगत खर्च रहेको छ भने चालुगत तर्फ १४ लाख ६० हजार रुपैयाँ करोड २१ लाख ४४ हजार रुपैयाँ चालु कार्यक्रम खर्च रहेको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि कृषि प्रवद्र्धन, भौतिक संरचना निर्माण, विशेष बाली प्रवद्र्धन, कृषि प्रयोगशाला, साना सिचाई कार्यक्रम, रैथाने बालि संरक्षण कार्यक्रम, तालिम तथा परामर्श लगायतका कार्यक्रम रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए ।

त्यसैगरी भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्षमा जिल्लाका लागि विभिन्न शिर्षकमा ३ करोड ९८ लाख ६९ हजार रुपैयाँ बराबरका कार्यक्रम रहेको जनाएको छ । विनियोजित रकममध्ये एक करोड २२ लाख ९० रुपैयाँ पुँजीगत खर्च रहेको छ भने ३ करोड ७५ लाख ७९ हजार रुपैयाँ चालु कार्यक्रम खर्च रहेको छ ।

चालु आर्थिक वर्षका लागि पशु पूर्ण खोप कार्यक्रम, पशुपंक्षी व्यवसाय प्रवद्र्धन, पशु स्वास्थ्य, पशु आहारा प्रवद्र्धन, पशु प्रजनन तथा नश्ल सुधार, पशुपन्छी तथा मत्स्य व्यवसाय प्रवद्र्धन कार्यक्रम, क्षमता अभिवृद्धि लगायतका कार्यक्रम रहेको केन्द्र प्रमुख जीवन प्रसाद आचार्यले बताए ।

कार्यक्रममा कृषकले बास्तविक कृषकको पक्ष कार्यक्रम संचालन ल्याउन, भकारो सुधारलाई प्राथमिकता दिन, बास्तविक कृषकको पक्षमा नीति तथा कार्यक्रम निर्माण गर्न, कृषकको फर्म, खेतबारी पुगेर कृषि र कृषकका समस्या बुझ्न आग्रह गरेका थिए ।

सहभागीबाट प्राप्त सुझाव प्राथमिकताका साथ कार्यान्वयन गर्न पहल गर्ने कार्यालय प्रमुखहरुले प्रतिवद्धता जनाएका थिए । कृषकले अनुदान सहर केन्द्रित र कार्यक्रमहरु समेत सुगम क्षेत्रमा लक्षित भएको भन्दै गुनासो गरेका थिए । सार्वजनिकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले संघ र प्रदेशको नीतिनियमले साना किसानहरुलाई समेट्न नसकेको बताए ।

जनप्रतिनिधि, कर्मचारी र कृषकहरु मिलेर कृषि र भेटेरिनरीका बार्षिक कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयमा सहकार्य गर्न आग्रह गरे । मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले राज्यका नीति नियम तथा कार्यक्रम कृषकको पक्षमा नभएको बताउदै भुगोल र कृषकको चाहना अनुसार जिल्लास्थित पालिका मिलेर कृषि र पशुपालन क्षेत्रका नीति नियम बनाउनुपर्ने बताए ।

‘कृषि उपजलाई कोल्डस्टोरमा राख्ने भनिएपनि विद्युतको समस्या रहेको छ । म्याग्दीको भूगोल र कृषकको चाहनाअनुसार नीति तथा कार्यक्रम र बजेट छैन।’– गर्वुजाले भने । ‘जनप्रतिनिधि र कर्मचारी सुध्रिए कृषकको चाहना अनुसार नीति नियम र कार्यक्रम बनाउन सकिन्छ ।’

त्यस्तै प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले कृषी र भेटेरिनरीले साना किसाना समेट्ने किसिमले नीति तथा कार्यक्रम बनाउनमा पहल गर्न आग्रह गरेका थिए ।कृषकका चाहनाअनुसार २०७९÷०८० का स्वीकृत कार्यक्रम कार्यान्वयन गर्न कृषि र भेटेरिनरीका कर्मचारीलाई निर्देशन गरे । कृषि ज्ञान केन्द्रको कार्यालयमा भएको बार्षिक कार्यक्रम सार्वजनिकरण कार्यक्रममा पालिकाका जनप्रतिनिधि जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, कृषि तथा भेटेरिनरीका प्राविधिक, पत्रकार, कृषक लगायतको उपस्थित रहेको थियो

Related News

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
  • २०७९ भाद्र २३, बिहीबार २०:२६

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति...

मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
  • २०७९ भाद्र २३, बिहीबार २०:२६

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको राजधानी...

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
  • २०७९ भाद्र २३, बिहीबार २०:२६

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।...

TOP