२०७९ आश्विन १०
September 26, 2022, Monday

हिस्टुन म्याग्दीको नयाँ नेतृत्व, अध्यक्षमा रामचन्द्र पौडेल

हिस्टुन म्याग्दीको नयाँ नेतृत्व, अध्यक्षमा रामचन्द्र पौडेल

माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) म्याग्दीको दोस्रो जिल्ला अधिवेशनबाट रामचन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्ष मदन सुबेदी, महिला उपाध्यक्ष गंगा बानियाँ, सचिव नबिन भट्टराई, सह सचिब बिमल बरुवाल, कोषाध्यक्ष सुजन बानियाँ रहेका छन् । समितिको सदस्यहरूमा दिपक अर्याल,प्रकाश सुवेदी, बुलबुल थापा, ज्ञान बहादुर पुन, रमेश भण्डारी, रमेश सुवेदी, गणेश पुन, नारायण सापकोटा, शिव रिजाल रहेका छन् ।

केद्रीय समिति अध्यक्ष मण्डलका सदस्य वालकृष्ण कँडेलको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनमा केन्द्रीय समितिका सह अध्यक्ष शंकर तिवारी, लगायत पेशागत संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको हिस्टुनका निर्वतमान अध्यक्ष कविराम थापाले जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष पौडेलले शैक्षिक जनशक्ती उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने हिस्टुनमा आवद्ध शिक्षकहरूका मागको सम्बोधनका लागि केन्द्रिय कार्यक्रम अनुसार जिल्लामा थप सक्रिय हुने बताउनुभयो । ३ दशकदेखि आंशिक, अनुदान र अस्थायी दरबन्दीमा कार्यरत शिक्षकको मागलाई पुरा गर्न समेत नवनिर्वाचत अध्यक्ष पौडेलले माग गर्नुभएको छ ।

Related News

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
  • २०७९ आश्विन ३, सोमबार २०:११

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति...

मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
  • २०७९ आश्विन ३, सोमबार २०:११

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको राजधानी...

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
  • २०७९ आश्विन ३, सोमबार २०:११

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।...

TOP