२०७९ आश्विन १०
September 26, 2022, Monday

नेपाली कांग्रेस म्याग्दीको कार्यकता प्रशिक्षण

नेपाली कांग्रेस म्याग्दीको कार्यकता प्रशिक्षण

नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले सोमबार बेनीमा आफ्ना कार्यकर्तालाई चुनावी लक्षित प्रशिक्षण दिएको छ ।
कांग्रेसको नीति अनुसन्धान तथा पशिक्षण शाखा म्याग्दीको व्यवस्थापनमा जिल्लामा रहेका ४५ वटा वडाका वडा कार्य समितिका सचिवहरु, सभापतीहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुलाई प्रशिक्षण दिएको हो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टी सभापती खमबहादुर गर्बुजा खम्बीरले देशमा भएको परिवर्तनको स्वामित्व काँग्रेसले लिएर पार्टीको नेतृत्वमा भएका राजनीतिक परिवर्तनहरूमाथि गौरव गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा पार्टीका पूर्व सभापती तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कांग्रेलाई पहिलो पार्टी संगै बिजय गराउन सबै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका उपसभापती कर्याबहादुर भण्डारी केबि, धनन्जय कुमार श्रेष्ठ र राम्जीप्रसाद सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम जिल्ला सचिव भरतबहादुर रकालको सञ्चालन, गर्बुजाको अध्यक्षता र उपसभापती हरिकुमार श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।

Related News

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
  • २०७९ आश्विन ३, सोमबार २१:०४

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति...

मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
  • २०७९ आश्विन ३, सोमबार २१:०४

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको राजधानी...

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
  • २०७९ आश्विन ३, सोमबार २१:०४

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।...

TOP