२०७९ आश्विन १०
September 26, 2022, Monday

गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याउँदैछ : ओली

गणतन्त्र आएको दिनलाई नेपाली जनताले वि.सं. १९९७ सालभन्दा पहिलेदेखिको अभिष्ट पूरा भएको दिनको रूपमा स्मरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ  । ‘बलजफ्ती थोपरिएको अन्यायका विरुद्ध न्यायको जीत हो । शताब्दीऔंदेखि दबाइएका मानिसका आकांक्षा, पीडा र आँशु गणतन्त्र बहालीको संघर्षका पत्रपत्रमा समाहित छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘लोकतान्त्रिक अधिकारबाट वञ्चित हुँदा पनि इश्वरीय देन यही हो भन्ने मानसिकताबाट जनता क्रमशः जागरुक हुँदै गएर बलिदानी भावनाका साथ अग्रसर भएपछि एक दिन आएको थियो, गणतन्त्रको निर्णायक मोड । तसर्थः हामीले हासिल गरेको गणतन्त्र र राजनीतिक उपलब्धीहरू जनताको कठोर संघर्ष र बलिदानका उपज हुन् ।’

प्रधानमन्त्री ओलीले ११ वर्षअघि आजकै दिन नेपालमा जनताले गणतन्त्र स्थापना गरेर राजतन्त्रलाई इतिहासमा सीमित गर्ने सफलता प्राप्त गरेको स्मरण गरेका छन् । ‘नेपाली जनताले जन्मजात श्रेष्ठताको प्रणालीको अन्त्य गरे । जुन प्रणाली, नेपालमा सयौं वर्षसम्म चलेको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो इतिहासमा राजा भनेर चिनिने प्राचीन कालका अगुवाहरू खासमा गणनायकहरू थिए । उनीहरू जनताबाट चुनिन्थे । उनीहरू पछिल्ला समयका जस्ता वंशाणुगत क्रममा शासन सत्तामा पुग्ने सामन्तवादका संरक्षक राजा थिएनन् ।’

प्रधानमन्त्री ओलीले हरेक वर्ष गणतन्त्र दिवसलाई एउटा प्रगतिशील परम्पराको शुरूआत भएको दिनको रूपमा स्मरण गर्नुपर्ने बताए । ‘यस दिनले हामीलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याउँदैछ, जन्मसिद्ध श्रेष्ठता गौरव गर्ने विषय हुँदै होइन भन्ने बताउँदैछ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो दिवसले हामीलाई गणतन्त्रको सार्थक अभ्यासप्रति सचेत हुन र आफूले निर्वाचित गरेको, आमजनताले निर्वाचित गरेको सर्वोच्च संस्थाको मर्यादामा सजग रहन पनि अभिप्रेरित गर्दैछ ।’

प्रधानमन्त्री ओलीले गणतन्त्रका संस्थाहरू जनताद्वारा, जनताका लागि, जनताले नै निर्माण गरेको उल्लेख गरेका छन् । जनताको अभिमतको धरातलमा खडा भएका यी संस्थाहरूको सम्मान हुँदा मात्रै जनताको सम्मान हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘जनताको पहुँच नभएका, कुलीनतन्त्रीय संस्थाका अघि नतमस्तक हुने तर आफ्ना लागि आफ्नै प्रतिनिधिका रूपमा कायम भएको संस्थाको मानमर्दन हुने प्रकृतिका व्यवहार जायज, जनपक्षीय र लोकतान्त्रिक हुनै सक्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस्तो व्यवहारले वास्तवमा जनता, जनताको बलिदान र अधिकारको अपमान हुन जान्छ । जनताले प्राप्त गरेका उपलब्धिहरूलाई अस्वीकार गर्ने र ती उपलब्धिहरूको अपमान गर्ने व्यवहार लोकतान्त्रिक गणतन्त्रविरुद्धकै व्यवहार हुन जान्छ ।’

Related News

कांग्रेसको वडा स्तरीय ‘जनताको साथमा कांग्रेस अभियान’ सुरु
कांग्रेसको वडा स्तरीय ‘जनताको साथमा कांग्रेस अभियान’ सुरु
  • २०७६ जेष्ठ १६, बिहीबार ०७:१६

म्याग्दी ।नेपाली काङ्ग्रेस म्याग्दीले जिल्लाको ४५ वटै वडामा ‘जनताको साथमा काङ्ग्रेस’ अभियान सुरु गरेको छ । केही दिन अघि पालिका...

म्याग्दीबाट कांग्रेसका प्रतिनिधिसभाको प्रत्यक्षमा तीन उम्मेदवार
म्याग्दीबाट कांग्रेसका प्रतिनिधिसभाको प्रत्यक्षमा तीन उम्मेदवार
  • २०७६ जेष्ठ १६, बिहीबार ०७:१६

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधिसमा प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरेको छ । बेनी स्थित...

नेपाली कांगेस प्रदेश ‘क’बाट ८ जनाको नाम सिफारिस
नेपाली कांगेस प्रदेश ‘क’बाट ८ जनाको नाम सिफारिस
  • २०७६ जेष्ठ १६, बिहीबार ०७:१६

नेपाली कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्र ‘क’ ले आसन्न प्रदेशसभा सदस्य चुनावको लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।सोमबार सदरमुकाम...

TOP