Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

म्याग्दीमा नेवारी संस्कृति पुस्तान्तरण अभ्यास

छ वसन्त काटेका दुई बालबालिका नागनागिनीको भेषमा नाच्दै थिए। नेवारी पोसाकमा सजिएका १० देखि १२ वर्ष उमेर समूहकाले वाद्यवादन मृदङ्गा र झ्याली बजाउँदै गीत गाइरहेका थिए। नजिकै उभिएका पाका पुस्ताले नाच्न सिकाइरहेका थिए। 

Advertisement

नेवारी समुदायको करिब तीन सय वर्ष पुरानो नागनागिनी नृत्य पहिलो पुस्ताबाट पुस्तान्तरण हुँदै नयाँ पुस्तामा आइपुगेको यो एउटा नमुना उदाहरण हो। म्याग्दीमा जारी महोत्सवका अवसरमा उनीहरूले बजारमा पुरानो नागनागिनी नृत्य देखाएका हुन्। साना–साना बालबालिका मिलेर देखाइएको नृत्यले सबैलाई आकर्षित त ग-यो नै, यसले नेवारी समुदायको परम्परागत संस्कृति जोगाइराख्ने विश्वास गरिएको छ। 

Advertisement

आधुनिकताको विकाससँगै विभिन्न जातजातिको कला संस्कृति पुस्तान्तरण नहुँदा लोप हुँदै जान थाले पनि बेनी बजारका नेवार समुदायको कला संस्कृति नयाँ पुस्तामा पुस्तान्तरण हुँदै आएको एक उदाहरणका रूपमा नागनागिनी नृत्यलाई लिन सकिन्छ। नेवारी समुदायमा कुनै विशेष मेला पर्वहरूमा तथा एक वर्षभित्र दिवङ्गत भएकाको सम्झनामा जनै पूर्णिमाको भोलिपल्ट नागनागिनी नृत्यसहित सापारु निकाल्ने प्रचलन छ। बेनीमा नेपाल भाषा मंका खल र ल्याम पुचको आयोजनामा दिवङ्गत भएका व्यक्तिको सम्झनामा नागनागिनी नाच देखाउने गरिएको छ। 

बाजाको तालमा ‘राजमति कुमति’ गीत गाइन्छ र एक जना पुरुष महिलाको भेषमा नागिनी र अर्को नाग भएर नाच्ने गरिन्छ। वाद्यवादक चार, नाच्नेहरू दुई जना हुन्छन् भने बाँकी दर्शक। बेनीमा लामो समयसम्म स्वः भैरवबहादुर श्रेष्ठ, जङ्गप्रसाद श्रेष्ठ, लक्ष्मीप्रसाद श्रेष्ठ नागिनी भएर नाच्नुभएको इतिहास छ। उहाँहरूबाट सिको गर्दै अङ्गद श्रेष्ठ हुँदै विनोद श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, प्रमोद श्रेष्ठ र सुवास श्रेष्ठमा कला पुस्तान्तरण हुँदै आएको छ।  

पुरानो पुस्तामा भएको सीप नयाँ पुस्तामा पुस्तान्तरण हुँदै आएकाले बेनीमा नागनागिनी नृत्यको संरक्षण हुँदै आएको बेनी बजारका अगुवा ८१ वर्षीय अङ्गद श्रेष्ठले बताउनुभयो। “युवा पुस्ताले पुरानो कला संस्कृतिको संरक्षणमा चासो देखाउन थालेका छन्,” उहाँले भन्नुभयो, “हाम्रो पहिचानका रूपमा रहेको नेवारी संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने भावना साना–साना बालबालिकादेखि युवा पुस्तामा समेत जागरण पैदा भएको छ, यसले कला संस्कति संरक्षणमा टेवा मिलेको छ।” 

पछिल्लो समय नागको भूमिकामा नाच्ने बेनीका प्रमोद, राजेन्द र नगिनीका रूपमा विनोदकुमार श्रेष्ठ नाच्दै आउनुभएको छ। संस्कृति नहराओस् भनेर उहाँहरूले नयाँ पुस्ताका एक जोडी रुविन श्रेष्ठ र जेनिश श्रेष्ठलाई पनि तयार पारिसक्नुभएको छ। अहिले पनि विनोद नागिनीका रूपमा नाच्दै आउनुभएको छ। उहाँले आफ्नो बिँडो थाम्नका लागि छ वर्षीय नाति आरभ श्रेष्ठलाई सिकाउँदै आउनुभएको छ। 

“पछिल्लो समय युवा पुस्ता अग्रसर हुनथालेपछि बेनी बजारका नेवारमा सांस्कृतिक जागरण भित्रिएको छ,” नेपाल भाषा मंकाःखलका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भन्नुभयो, “युवा पुस्तामा बर्खे नाच, हनुमान नाच, लाखे नाच, नेवारी भाषा र विभिन्न किसिमका परम्परागत नेवारी बाजा सिक्ने उत्साह थपिँदै गएकाले संस्कृति संरक्षणको जागरण पैदा भएको छ।”    gorakhapatraonline

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP