२०८३ जेष्ठ ४
May 18, 2026, Monday

रघुगंगामा तेस्रो ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु

Advertisement

रघुगंगा गाउँपालिकाको आयोजनामा अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा गाउँपालिका– ३ पिप्लेमा आईतबारदेखि संचालित प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले गर्नुभएको हो ।

Advertisement

सो प्रतियोगितामा बोल्दै भण्डारीले खेलकुद क्षेत्रको विकासमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । प्रदेश सदस्य भण्डारीले विद्यालयस्तरको शिक्षा र खेलकुदसंगसंगै अगाडी बढाउन स्थानीयतह लगायत सबै जनप्रतिनिधिसंग समन्वय गरेर योजनाबद्ध नीति निमार्णमा प्रदेश सरकारमा प्रभावकारी भूमिका निभाउने प्रतिवद्धता जनाउनुभएको थियो ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले राष्ट्रियस्तरमा म्याग्दी जिल्लालाई चिनाउने खेलाडीहरुले रघुगंगाले उत्पादन गरेको बताउदै विद्यालयस्तरको शिक्षा र खेलकुदलाई प्रभावकारी रुपमा अघि बढाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र अभिभावकविच समन्वय गरेर योजनाबद्ध अघि बढ्न आग्रह गर्नुभएको थियो ।

प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथमलाई ५० हजार, द्धितियलाई ३० हजार रुपैयाँ र तितृय हुेन विद्यालयलाई २० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । प्रतियोगितामा महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विद्यातर्फ विभिन्न १३ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको हरेक विद्यामा स्वर्ण, रजत र कास्य पदक बिजेतालाई नगद एक हजार रुपैया, ७ सय र ५ सय रुपैयाँका दरले पुरस्कृत समेत गरिने छ ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ढकाल, जिल्ला शिक्षा समन्वय ईकाईका इकाई प्रमुख दलबहादुर थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, गाउँपालिका प्रवक्ता मनकुमार शेरपुञ्जा, वडा अध्यक्ष अमृत भण्डारी लगायतले गाउँपालिकास्तरबाट छनौट हुने खेलाडीहरुले जिल्ला स्तर हँुदै प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागीता जनाउन पाउने भएकाले अनुशासित भएर खेल प्रतिभाको प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनलको स्वागत र लेखाअधिकृत खगराज सुवेदीका ेसंचालनमा भएको कार्यक्रम राष्ट्रियस्तकारका बाल गायक सुप्रिम मल्ल, विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ माघ ८, आईतवार १२:०१

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ माघ ८, आईतवार १२:०१

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ माघ ८, आईतवार १२:०१

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP