२०८० मंसिर १७
December 3, 2023, Sunday

गण्डकी मुख्यमन्त्री कप : अरुणाको कप्तानीमा म्याग्दी फाइनलमा

गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा महिला तर्फ म्याग्दी र पर्वत तथा पुरुषतर्फ बाग्लुङ फाइनमा प्रवेश गरेका छन् । राष्ट्रिय महिला भलिबल कप्तान अरुणा शाहीको कप्तानीमा कोर्टमा उत्रेको म्याग्दीले स्याङ्जालाई सिधा सेटमा पराजित गरेको हो । म्याग्दीले २५–१२, २५–२३, २५–१० अंकले स्याङ्जालाई पराजित गरेको हो ।

Advertisement

यस्तै महिला तर्फ नै पर्वतले तनहुलाई २५–११, २५–१४, २५–१९ अंकले पराजित गर्दै म्याग्दीसगँको भेट पक्का गरेको टेक्निकल प्रमुख नारायणबहादुर भण्डारीले जानाकारी दिनुभयो ।

Advertisement

यस्तै पुरुष तर्फ बाग्लुङले तनहुलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पराजित गरेको हो । बाग्लुङले १८–२५, १८–२५, २५–१५, २५–१९, १७–१५ को जित निकालेको हो । पहिलो दुई सेटमा पराजित भएको बाग्लुङ खेलमा फर्कदै पछिल्ला तिन खेल जित्दै फाइनको यात्रा तय गरेको हो ।

प्रदेश स्थापना दिवस पारेर गण्डकी खेलकुद परिषदले खेलाएको प्रतियोगितामा पुरुषतर्फ ११ जिल्ला र महिलातर्फ मनाङ बाहेकका १० जिल्लाको सहभागिता रहेको छ ।

फागुन ३ गते सम्म संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला प्रथमले एक लाख ५० हजार, द्धितियले एक लाख र तृतियले ५० हजार रुपियाँ सहित कप, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।  खेलमा सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपियाँ पाउदाँ बिधागत स्पाइकर, सेटर, सरभर, ब्लकर, डिफेण्डरले १०/१० हजार रुपियाँ पाउने खलकुद परिषदका प्रमुख टोपलाल भुसालले बताउनुभयो । 

Related News

८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
  • २०७९ फाल्गुन २, मंगलवार १४:०९

घोडेपानी, गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको...

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०७९ फाल्गुन २, मंगलवार १४:०९

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०७९ फाल्गुन २, मंगलवार १४:०९

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

TOP