२०८३ असार ५
June 19, 2026, Friday

बेनी आक्रमणको निसानी बनेको युद्ध पोल बेनी फिर्ता हुने

०६० चैत ७ गते तत्कालिन शसस्त्र विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गर्दा भएको तत्कालिन माओवादी लडाकु– शाही नेपाली सेना विच भएको भिडन्तको क्रममा माओवादीले हानेका गोली लागी छियाछिया परेको विजुलीको पोल ललितपुरबाट फिर्ता ल्याईने भएको छ ।

Advertisement

बेनीको मंगलाघाट बजार छेउमा रहेको नेपाली सेनाको तत्कालिन समयमा कालीप्रसाद गण (ई)छेउमा रहेको विजुलीको पोलमा भिडन्त क्रममा सयौं गोली लागी प्वाल नै प्वाल परेको अवस्थामा रहेको थियो । भिडन्तकाबेला क्रसफायरमा परि छियाछिया भएको विजुलीको उक्त विधुत पोल ०६३ सालमा ललितपुरको पाटनढोका स्थित मदन पुरस्कार पुस्तकालयले बेनीबाट पाटनढोका पु¥याएर सुरक्षित गरेको थियो ।

Advertisement

पुस्तकालयका अध्यक्ष कनकमणी दीक्षितले मंगलवार जिल्ला समन्वय समिति म्याग्दीलाई पत्र लेखी पुस्तकालयमा संरक्षित द्वन्द्वकालिन र एतिहाँसिक महत्व राख्ने विजुलिको पोल बेनी पु¥याउने ब्यवस्था मिलाउन भनेका हुन ।

‘बेनीबाट ललितपुरको पाटनढोका लगी सुरक्षित गरिएको शसस्त्र विद्रोहको प्रभाव झल्काउने विजुलीको पोल अन्तत बेनी फिर्ता हुने पक्का भएको छ’ जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले भने, ‘गोलीले छियाछिया भएको पोल बेनीमा ‘शसस्त्र युद्ध÷द्वन्द्वकालीन स्मारक’ को रुपमा प्रर्दशनीमा राखिने छ ।’

बेनी नगरपालिकाले ७ नम्बर वडाको विरेन्द्रचोकमा निर्माण गर्न लागेको शान्ति पार्कमा ‘द्वन्द्वकालिन युद्ध स्मारक’ को रुपमा संरक्षित गर्न चाहेकोले पोल फिर्ता गरिदिन जिल्ला समन्वय समिति मार्फत मदन पुरस्कार पुस्तकालाई पत्राचार गरेको थियो ।
त्यस अघि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्री पाटनढोका स्थित मदन पुरस्कार पुस्तकालयमै पुगेर अध्यक्ष दिक्षितलाई भेटी बेनीबाट ललितपुर पु¥याईएको उक्त पोल फिर्ता गर्न आग्रह गरेका थिए ।

बेनी नगरपालिकाका मेयर सुरत केसीले पनि छट्टै पोल फिर्ता ल्याउन पहल गर्नुको साथै शान्त पार्क बनाउने र पोल राख्ने बजेट सुनिश्चित गराएका थिए । नगरपालिकाले बेनीको विरेन्द्रचोक नजिक १० रोपनी क्षेत्रफलमा शान्ति पार्क एवं वालउद्यान बनाउन लागेको छ ।

‘फिर्ता ल्याउन लागिएको विजुलीको पोललाई ०६० चैत ७ गते विद्रोही र नेपाली सेना विच भिडिन्त भएकै स्थानमा राखिने छ । यहाँ पोल बाहेक सो युद्धमा प्रयोग भएको बंकर समेत रहेकोले यी युद्धकालिन बस्तुहरुको संरक्षण र प्रर्दशनी गर्ने गरी नगरपालिकाले योजना बनाएको छ’ बेनी नगरपालिका प्रमुख सुरत केसीले भने, ‘पोललाई बाहिर राख्ने कुरा पनि भएको छ । तर नगरपालिका छेउमै युद्ध स्मारकको रुपमा पोल, बंकर संरक्षित गर्ने र अन्य शसस्त्र युद्धकालिन सामाग्री, फोटाहरु पनि फ्रर्दशनीमा राख्ने तयारीमा छौं ।’

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP