२०८३ श्रावण १५
July 31, 2026, Friday

हिमालको काखबाट बेंसी झर्न थाले गोठहरु, ‘गोठालो पेशा नै लोप हुने चिन्ता’

राकेश शर्मा
विस्तारै गर्मी मौसमले आफ्नो रुप फेर्दै छ । हिमालको काखतिर चिसो बढ्दै छ । हिमालको काखमा पुगेका गोठहरु लेकमा चिसो बढे संगै बेंसी झैदै छन् । म्याग्दीको धवलागिरी गाउँपालिका ३ मुनाका बालकृष्ण मगर अहिले लुलाङको शिरमा रहेको जलजलाबाट दुई दिन लगाएर गोठमा रहेका १२ वटा गाईलाई मुना सम्म ल्याएका छन् । उनि भन्छन्, जेठको पहिलो साता खर्कहरुको ताजा घाँस खुवाउनका लागि लेक उल्केका थियौँ, चार महिला लेकमा बितायौँ, अब लेकका चिसो बढ्यो हिउँपनि पर्छ । ‘अब लेकमा बस्न सकिदैन त्यसैले केही समय हामी बेंसीमा नै हुन्छौँ ।, मेरो गोठमा अलि बढी गाईगोरु भएका कारण म छिटो आएँ, अरुपनि झर्दै छन् केही बिचमा आएका छन् ।’

Advertisement

अहिले बेंसीका खेतबारीहरु मोल्नका लागि खेतबारीमा गोठ बनाएर बसेका छन् । कोदो पाक्ने समय सम्म औल नै गोठहरु राख्ने चलन रहेको छ । बारीको कोदो पाकेपछि बारी मोलेर पुन गर्मि सिजन सुरु हुन लाग्यो भने गोठहरु लेक तिर लाग्छन् । पछिल्लो समय गाईभैसी गोठालेको सङ्ख्या घट्दै गएकोमा उहाँ चिन्ता लागेको बताए । ‘पहिले एउटै गाउँका १२÷१५ घरमा गाईभैंसी पाल्ने गरेकोमा अहिले मुस्किलले आधा घरले मात्रै पाल्दै आएछन् ।’ उहाँले थप्नुभयो । गाईभैसीका लागि पछिल्लो समय पर्याप्त चरन क्षेत्र भए पनि युवापुस्ता यो व्यवसायतिर नलाग्दा गाईभैसी गोठाले बर्सेनि घट्दै गएको उनी बताउछन् ।

‘केही बर्ष अघि गाउँका धेरै मान्छेहरुले गाईभैँसी र भेडा समेत पाल्ने गर्थे, लेकतिर जाँदा पनि रमाइलो हुन्थ्यो, सबै एकै पटक जान्थ्यौँ, नजिक नजिक गोठ बनाएर बस्ने गथ्र्यौं, अहिले हरेक वर्ष गोठाला घट्दै गएका छन्, मगरले भन्नुभयो पुराना बूढापाका नसक्ने भए, युवा केटाहरु सहर बजार बस्ने विदेशतिर जाने गर्न थालेपछि यो पेशा जोखिममा परेको छ ।

गाईभैसी पाल्ने, गोठ बस्ने चलन हराउदै गएकोमा मगरलाई मात्र होईन मुनाका ७६ बर्षीय गंगबहादुर पहरे पुनलाई समेत चिन्ता छ । उले भने, अहिले हिमालको काखमा पुगेर गोठ बस्न सक्दिन आफ्नो गाईभैंसी समेत भान्जाको जिम्मा लगाएर बसेको छु तर बेंसी आउदा सकीनसकी भएपनि गोठमा आउछु । ‘पहिले पहिले गाईको घ्यूको मुल्य राम्रो थियो, अहिले झन बढ्दै गएको छ तर पाउनै मुस्कील छ ।, सबैले दुःखको काम हो भनेर छोडे गाउँका केहीले अहिले पनि बाध्यतामा गोठ बसेका छन् तर यो पेशा अब आउने पुस्ताले गदैनन् । यसमा हामी जस्ता जिवन नै गोठमा बिताएकोलाई नराम्रो लागेको छ ।’

पहरेपुनको गोठमा अहिले १० वटा गाई छन् । लम्पी स्कीन रोगका कारण एउटा दुधालु गाई मर्यो तर कही कतैबाट क्षतीपुर्ती नपाएको उहाँको गुनासो छ । उनले अरु व्यवसायको तुलनामा गाई पालन पेशा निकै चुनौतीपूर्ण भएकाले अहिलेका युवा गोठमा नबस्ने र पशुचौपाया पाल्नतिर चासो नदिने बताए । गाईभैसी पालनबाट एक वर्षमा न्यूनतम रु २÷३ लाखसम्म आम्दानी हुने उहाँको भनाइ छ ।

उनले अनुसार घ्यू विक्रीबाट मात्र नभएर गाईभैसी नै विक्री गरेर समेत राम्रो आम्दानी हुने गरेको छ ।
गाईभभैंसी पालन गरे त धेरै फाइदा छ, दुःख त कुन पेसा गर्दा हुँदैन?, सबै पेसा व्यवसायमा परिश्रम गर्नुपर्छ, केही पेसामा अलि बढी होला केहीमा कम, तर दुःख त हुन्छ बालकृष्ण पुनले भने । ‘अहिले त गोठ बस्न पहिलेको जस्तो दुःख पनि हुदैन पहिले त सबै खर्चपर्च गाउँबाट नै बोकेर जानु पर्थो अहिले त नजिकै सम्म गाडी जान्छ सबै गाडीले लैदिन्छ ।’ पछिल्लो समय ग्रामिण भेगका बस्तीहरु समेत बैदेशिक रोजगारी र शहरीया बसाईका कारण घट्दै गएका छन् । गाउँमा घर छन् तर मान्छे छैनन् । यसले अब गाउनै तित्तिने हो कि भन्ने प्रश्च उब्जिएको छ ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP