२०८१ फाल्गुन ३
February 15, 2025, Saturday

बिममा एकै घरका दुई जनाको हत्या

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो एकै घरका दुई जनाको हत्या भएको छ । धारिलो ढुंगा (छपनी) प्रहार हुँदा गम्भिर घाइते भएकी मालिका–७ बिमकी ७० वर्षीया मनिषा र ७ बर्षिया प्रियंका गर्बुजाको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

Advertisement

‘मनिषाको लुरवाङ स्थित घटनास्थलमै ज्यान गएको थियो,’ उहाँले भन्नुभयोे ‘हेलिकप्टरबाट पोखरा लगिएकी प्रियंकाको पनि उपचारको क्रममा मृत्यु भएको छ ।’ चिर्पट प्रहार हुँदा घाइते भएकी ६६ वर्षीया मालिका–७ बिम तल्लोगाउँकी अमृता जुग्जालीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले जुग्जाली खतरामुक्त भएको बताएका प्रनाउ कुँवरले बताउनुभयो ।

जुग्जाली र गर्बुजालाई दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरि हेलिकप्टरबाट पोखरा लगिएको थियो । बज्यैलाई सडकमा रगताम्मे देखेपछि बचाउन गएकी  नातिनी प्रियंकाको टाउकोमा छपनी प्रहार भएको थियो । प्रियंकाका भाई प्रिन्स भने घरको खाटमुनी लुकेर ज्यान बचाएका थिए । मनिषाका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो ।जंगलमा घाँस काट्दै गरेका अमृता र अर्का एक जना महिलामाथी पनि चिर्पट प्रहार भएको थियो ।

प्रतिकार गर्ने क्रममा अमृता घाइते भएकी हुन् । बिम तल्लो गाउँ नजिकै एक वटा ट्याक्सी पनि तोडफोड भएको स्थानीयले बताएका छन् । हत्या र आक्रमणमा संलग्न भएको एक व्यक्तिलाई मालिका–७ बिमवाङबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । ‘एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएका छौ,’ प्रनाउ कुँवरले भन्नुभयो ‘विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको छ । आइतबार तथ्य सहित सवै विवरण र ती व्यक्तिलाई सार्वजनिक गर्छौ ।’

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८० पुष २१, शनिबार १६:०६

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८० पुष २१, शनिबार १६:०६

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८० पुष २१, शनिबार १६:०६

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP