२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

बिममा एकै घरका दुई जनाको हत्या

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो एकै घरका दुई जनाको हत्या भएको छ । धारिलो ढुंगा (छपनी) प्रहार हुँदा गम्भिर घाइते भएकी मालिका–७ बिमकी ७० वर्षीया मनिषा र ७ बर्षिया प्रियंका गर्बुजाको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

Advertisement

‘मनिषाको लुरवाङ स्थित घटनास्थलमै ज्यान गएको थियो,’ उहाँले भन्नुभयोे ‘हेलिकप्टरबाट पोखरा लगिएकी प्रियंकाको पनि उपचारको क्रममा मृत्यु भएको छ ।’ चिर्पट प्रहार हुँदा घाइते भएकी ६६ वर्षीया मालिका–७ बिम तल्लोगाउँकी अमृता जुग्जालीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले जुग्जाली खतरामुक्त भएको बताएका प्रनाउ कुँवरले बताउनुभयो ।

Advertisement

जुग्जाली र गर्बुजालाई दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरि हेलिकप्टरबाट पोखरा लगिएको थियो । बज्यैलाई सडकमा रगताम्मे देखेपछि बचाउन गएकी  नातिनी प्रियंकाको टाउकोमा छपनी प्रहार भएको थियो । प्रियंकाका भाई प्रिन्स भने घरको खाटमुनी लुकेर ज्यान बचाएका थिए । मनिषाका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो ।जंगलमा घाँस काट्दै गरेका अमृता र अर्का एक जना महिलामाथी पनि चिर्पट प्रहार भएको थियो ।

प्रतिकार गर्ने क्रममा अमृता घाइते भएकी हुन् । बिम तल्लो गाउँ नजिकै एक वटा ट्याक्सी पनि तोडफोड भएको स्थानीयले बताएका छन् । हत्या र आक्रमणमा संलग्न भएको एक व्यक्तिलाई मालिका–७ बिमवाङबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । ‘एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएका छौ,’ प्रनाउ कुँवरले भन्नुभयो ‘विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको छ । आइतबार तथ्य सहित सवै विवरण र ती व्यक्तिलाई सार्वजनिक गर्छौ ।’

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP