२०८१ फाल्गुन ५
February 17, 2025, Monday

जलजलामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

पर्वतको जलजला गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा शनिबार देखि सुरु भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले उद्घाटन गर्नुभयो ।

Advertisement


खेल पूर्वाधारको विकास गरी पालिकामा खेलाडी उत्पादनलाई प्राथमिकता दिन उहाँले अनुरोध गर्नुभयो । अध्यक्ष कप भलिबल प्रतियोगिताले पालिका भित्र रहेका खेल प्रतिभालाई उजागर गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पालिका स्तरीय खेलाडीहरुको छनौंट गरी नियमित रुपमा खेल अभ्यास गरी जिल्ला,प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिताहरुमा भाग लिनसक्ने गरी खेलाडी उत्पादन गर्नुपर्ने उहाँको भनाई थियो ।

नेपाली कांग्रेस जलजला गाउँपालिका कार्यसमितिका सचिव नविन जिसीले अध्यक्ष कप खेलकुद प्रतियोगिताले गाउँमा रहेका युवाहरुलाई उत्साह पैदा गरेको बताउनुभयो । स्वास्थ्यका लागि पनि खेलकुद अनिवार्य भएकाले पालिकाले खेल पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा बजेट निर्माण गर्नुपर्ने उहाँको सुझाव थियो ।

नेकपा एमाले जलजला गाउँपालिका कमिटीका अध्यक्ष बाबुराम कार्कीले खेल क्षेत्रमा लगानी बढाएर राष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।यसैगरी नेकपा (माओवादी केन्द्र) केन्द्र जलजला पालिकाका इन्चार्ज लोकराज आचार्यले वडास्तरमा खेलाडी उत्पादन र खेल प्रतिभाको विकासका लागि अध्यक्ष कप प्रतियोगिता उपयोगी हुने विचार व्यक्त गर्नुभयो । वडा नम्बर ४ का वडाध्यक्ष भरत क्षेत्रीले गाउँपालिकाले खेल क्षेत्रको विकास र खेलाडीहरुलाई प्रोत्साहन गर्न प्राथमिकता दिएको बताउनुभयो । उहाँले खेलाडीहरुलाई अनुशासित भएर आफ्नो प्रतिभा देखाउन अनुरोध गर्नुभयो ।

पालिकामा खेलकुद समिति गठन गरी वार्षिक क्यालेण्डर बनाएर खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने पालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । गाउँपालिका भित्र खेल पूर्वाधार विकासलाई आगमी दिनमा थप बजेट विनियोजन गर्ने उहाँको प्रतिवद्धता थियो ।

पालिकामा खेलाडी उत्पादन गर्ने उद्देश्यले अध्यक्ष कप प्रतियोगिताको आयोजना गरिएको पालिका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । उहाँले पालिकामा खेल क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि पालिकाले सहयोग गर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा ९ वटै वडाका खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगिता आइतबार सम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा प्रथम हुनेलाई एकलाख एकहजार एकसय एघार रुपियाँ ट्रफी मेडल र प्रमाणपत्र,द्धितीय हुनेलाई पचास हजार पाँचसय ५५ रुपियाँ ट्रफी मेडल र प्रमाणपत्र, तृतीय हुनेलाई तीस हजार तीनसय ३३ रुपियाँ ट्रफी मेडल,प्रमाणपत्र र सान्त्वना हुनेलाई दश हजार एकसय एघार रुपियाँ ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

अध्यक्ष कपको अवसरमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा कर्मचारीको समुहलाई पराजित गर्दै जनप्रतिनिधिको समुह विजयी भएको थियो । उद्घाटन कार्यक्रमको संचालन गाउँपालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले गर्नुभएको थियो ।

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०८० फाल्गुन २६, शनिबार १५:४४

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०८० फाल्गुन २६, शनिबार १५:४४

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०८० फाल्गुन २६, शनिबार १५:४४

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP