म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जा, २ लुलाङ, अन्नपूर्णको प्रथम अन्नपूर्ण आधार शिविर, रघुगंगा ८ कुईनेमंगलेको उच्च क्षेत्रमा हिमताप भएको हो शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको लमसुङ माविका शिक्षक दर्पन रोका मगरले जनकारी दिनुभयो ।

यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । लामो समय सम्म पनि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए ।आज अलिअलि हिउँ र पानी परेको छ यसले सुक्न लागेको गहुँबाली राम्रो हुन्छ की भन्ने आशा पलाएको छ । कुईनेमंगलेका अंकित पुनले भन्नुभयो । यो बर्षको पहिलो हिउँ परेको हो ।

अहिले म्याग्दीको जिल्लाको विभिन्न क्षेत्रमा हिमपात र बर्षा भैरहेको र उच्च क्षेत्रमा स्थानीयलाई सर्तकता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख सुर्य थापाले जानकारी दिनुभयो ।यस्तै हिमाली जिल्ला मुस्ताङमा पनि यो बर्षको पहिलो हिमपात भैररहेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...