Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

म्याग्दीमा कांग्रेसको ६ वटै पालिकामा नयाँ नेतृत्व, अधिकांश युवा

क्षेत्रीय प्रतिनिधिमा १८ देखि १०३ बर्ष सम्मका

Advertisement

म्याग्दी, नेपाली कांग्रेस म्याग्दीले जिल्लाका छवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । पालिकाको नेतृत्वमा अधिकांश युवाले नेतृत्व गरेका छन् । असोज ७ र ८ गते सम्पन्न भएको पालिका अधिवेशनबाट जिल्लाका सबै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको हो । बेनी नगरपालिकका सहित ५ वटा गाउँपालिकामा सभापति र पदाधिकारीहरू सर्वसम्मत चयन गरिएको हो भने मंगला गाउँपालिकामा मतदानबाट सभापति निर्वाचित गरिएको थियो । मंगला बाहेक अन्य पालिकामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयनले कांग्रेस म्याग्दीमा आन्तरिक एकता र संगठन सृदृढीकरणको सन्देश देखिएको पार्टी सचिव भरत बहादुर रकालले जानकारी दिनुभयो ।

Advertisement

आन्तरिक एकता र संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै बेनी नगर सभापतिमा चक्र केसी, रघुगंगा गाउँपालिका सभापतिमा निरज भण्डारी,अन्नपूर्ण गाउँपालिका सभापतिमा कृष्णप्रसाद बरूवाल, मंगला गाउँपालिका सभापतिमा चिर्वाचनबाट गोपाल भट्टचन, मालिका गाउँपालिका सभापतिमा राजेन्द्र जुग्जाली (राजु) र धवलागिरी गाउँपालिका सभापतिमा प्रेम पुन निर्विरोध निर्वाचित भएका हुन । नवनिर्वाचित पालिका सभापतिहरूले पनि पार्टीलाई गाउँगाउँसम्म एकीकृत गर्दै जनसरोकारका मुद्दामा सशक्त रूपमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै अनपूर्ण गाउँपालिका– १ देवामा रुकबहादुर पुन, २ भुरुङ–तातोपानीमा विकल नेपाली, ३ दानामा बेलबहादुर पुन, ४ नारच्याङमा चन्द्रप्रसाद फगामी, ५ शिखमा रुखबहादुर नेपाली, ६ घारमा नारायण बरुवाल, ७ हिस्तानमा दुतबहादुर पुन र ८ राम्चामा रवि गर्वुजा वडा सभापति चयन हुनुभएको छ।

बेनी नगरपालिका– १ रत्नेचौरमा नारायण थापा, २ ज्यामरुककोटमा सोवित शर्मा, ३ भकिम्लीमा इन्द्र थापा क्षेत्री, ४ सिंगा‍मा रत्नबहादुर शाही, ५ पुलाचौरमा यामबहादुर बानियाँ, ६ अर्थुङ्गेमा गोविन्द बानियाँ, ७ बेनी बजारमा विनोद श्रेष्ठ र ८ मा सिसम श्रेष्ठ, ९ घतानमा पुण्य चौलागाईं र १० पात्लेखेतमा लोकबहादुर पुन सभापति चयन हुनुभएको छ।

मंगला गाउँपालिका– १ कुहुँमा राजु घर्ती, २ बाबियाचौरमा वीरेन्द्रबहादुर खड्का, ३ बरंजामा टेकबहादुर छन्त्याल, ४ बुकेनीमा लालबहादुर रोका र ५ अर्मनमा तारा क्षेत्री वडा सभापति चयन हुनुभएको छ। मालिका गाउँपालिका– १ निस्कोटमा दलबहादुर पुन, २ रुममा तारा रोका, ३ डाडागाउँमा कुलमान पटेल, ४ ओखरबोटमा रवबहादुर घर्ती, ५ देवीस्थानमा घनबहादुर फगामी, ६ दरवाङमा श्रीधर गौतम (गोपाल) र ७ विममा दोमन गर्वुजा वडा सभापति चयन हुनुभएको छ।

धवलागिरी गाउँपालिका– १ गुर्जामा सोम छन्त्याल, वडा नम्बर २ लुलाङमा प्रेम विश्वकर्मा (वि.क.), ३ मुनामा शेरबहादुर मल्ल, ४ मुदीमा गंगबहादुर पुन, ५ मल्कबाङमा अमर छन्त्याल, ६ मराङमा जगबहादुर गर्वुजा र ७ ताकममा थमबहादुर पुन वडा सभापति चयन हुनुभएको छ।
रघुगंगा गाउँपालिका– १ बेगमा गणेश पुन, २ भगवतीमा कृष्ण शाही, ३ पिप्लेमा हिमाल कार्की, ४ दग्नाममा कृष्ण गर्वुजा, ५ झिँमा लालबहादुर रोका, ६ पाखापानीमा भेषबहादुर शेरपुजा, ७ चिमखोलामा बोबहादुर पुन र ८ कुइनेमंगलेमा प्रकाश छन्त्याल वडा सभापति चयन हुनुभएको छ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!