२०७९ चैत्र १६
March 30, 2023, Thursday

आइतबार सिलगढी सांस्कृतिक कार्यक्रम हुने

दिपायल – हिन्दुहरूको महान् चाड वडा दशैं, दीपावली तथा छठ पर्वको अवसरमा डोटीमा सांस्कृतिक कार्यक्रम हुने भएको छ।

Advertisement

भैरव प्रसाद गण र समता एक्सन ग्रुपको आयोजनामा तथा सुदूर पश्चिम कलाकेन्दको समन्वयमा आइतबार सिलगढीको इन्द्रचोकमा `सिलगढी सांस्कृतिक´ कार्यक्रम हुन लागेको हो। कार्यक्रम ३ बजे देखि ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको ।

Advertisement

स्थानीय कला ,संस्कृतिको जगेर्ना यसको संरक्षण संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले फूलपातीका दिन कार्यक्रम आयोजना गर्न लागिएको भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार सांस्कृतिक कार्यक्रममा देउडा गीत, भुवा, हुड्केउलि , पुतला नाच लगायतका प्रस्तुति रहने बताए ।

सांस्कृतिक कार्यक्रममा वरिष्ठ डेउडा गायक भुवन प्रसाद दाहाल , डेउडा गायक केशव फुलारा, लोक तथा डेउडा गायक शेर साउँद , प्रेम नेपाली , लोक गायक गणेश जिसी , डेउडा गायक टेक ऐर `पद्धवा चोर´, पवित्रा साँकी `मिस पवि´ लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको आयोजकले जनाएको छ।

पछिल्लो समय भैरव प्रसाद गणले जिल्लामा विभिन्न संघ संस्थाको सहयोग तथा समन्वयमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ।

Related News

एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
  • २०७९ आश्विन १५, शनिबार १८:३९

FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...

धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
  • २०७९ आश्विन १५, शनिबार १८:३९

FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...

दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
  • २०७९ आश्विन १५, शनिबार १८:३९

FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...

TOP