Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ६
September 22, 2026, Tuesday

कैलालीमा बाढी : सयौँ परिवार सडकमा

कैलाली – जिल्लास्थित भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्रै भएको थियो। दशैं नजिकिएपछि दशैं मनाउनका लागि घर गएको उनको परिवार पुनः बाढी आएपछि सडकमै फर्किएको छ।

Advertisement

यही असोज १ गते आएको बाढीले हुलाकी सडकमा विस्थापित भएकाहरू पुनः शुक्रबार बाढी आउँदा सडकमा फर्किएका हुन्। कृष्णजस्तै भजनी नगरपालिकाका सयौँ परिवार सडकमा आएका छन्। मनसुन बाहिरिने समयमा भएको भारी वर्षाले कर्णाली र चुरेबाट निस्कने खोलाहरूले कैलालीमा बाढीको स्थिति ल्याएपछि यहाँका नागरिकको विचल्ली भएको छ। असोज १ गतेको बाढीले भजनीमा ७ हजार परिवार विस्थापित भएका थिए। विस्थापित भएकाहरू दशैं आएसँगै घर फर्किएका थिए।

Advertisement

घर फर्किएर दशैंको टीकासमेत राम्ररी लगाउन पाएनन्। ‘दशैंको टीकासमेत राम्ररी लगाउन पाएनौँ, घरमा केही छैन। बाढीले सबै तहसनहस पारिसकेको थियो’, भजनीका रमा धामीले भनिन्, ‘छिमेकीसँग बाँडीचुँडी खाऊला भनी फर्कियौँ, फेरि बाढीले डुबायो। शुक्रबार फेरि सडकमा आएका छौँ।’

उनले बाढीका कारण आफूहरू बिचल्लीमा परेको गुनासो गरिन्। ‘बाढीले केही राखेन, न घरका सामान, नअन्न राख्यो, न खेतमा रहेको धानबाली रह्यो’, उनी भन्छिन्,’हामी के खाने? वस्तुभाउलाई के खुवाउने? अब यो ठाउँ नै छोडेर कतै जानुपर्छ जस्तै भएको छ।’

बुधबार रातिदेखि भएको अविरल वर्षाले नदी र खोलामा बाढीको अवस्था ल्याएको हो। कर्णाली नदीमा शनिबार बिहान बाढीको सतह ९ दशमलव ८ मिटर पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिइन्। १० मिटरमाथि जल सतह पुगेमा खतरा मानिन्छ। कर्णाली प्रदेशमा अत्यधिक वर्षा भइरहेकाले भेरीलगायत नदीले खतराको तह पार गर्दा कर्णाली नदीमा जल सतह बढेको हो। यसअघि असोज १ गते शनिबारका दिन दिउँसो २ :५० बजे कर्णालीमा बाढीको तह १०.८० मिटर रेकर्ड भएको थियो। पछिल्ला वर्षहरूमा बेमौसमी वर्षापछि आउने बाढीले ठूलो नोक्सान गरिरहेको छ। कैलालीको चुरेबाट निस्कने काँडा, कान्द्रा र पथरैया नदीमा बाढी बढेर भजनीमा गाउँ पसेको हो। यी नदीबाट आएको बाढीले तटीय क्षेत्रको भजनी नगरपालिका–२, ७ र ८ का सयौँ घरमा बाढी पसेको हो।

भजनी नगरपालिका प्रमुख केवल चौधरीले बाढीबाट विस्थापितहरू कोही उच्च घर, कोही विद्यालय र कोही सडकमै फर्किएको बताए।

उनले भजनीमा बाढीले तहसनहस गरेको बताए। असोजको पहिलो साताको बाढीले खेतीपाती सखाप भइसकेका यहाँ नागरिक पुनः बाढी आएपछि थप पीडामा छन्। फर्किएको एक साता नबित्दै भजनीवासी पुनः विस्थापित हुनु परेपछि निकै दुःखी भएका छन्। निरन्तरको वर्षाका कारण अधिकांश किसानको पाकेको धान खेती हावा लागेर ढलेको छ।

पाकेको धान खेतमा सड्ने र उम्रने जोखिम बढेको किसान मणिराम रावलले बताए। ‘खुल्ला खेतमा धान ढलिसकेको छ। पाकेको धान हावाले समेत ढल्न थालेको छ’, उनले भने, ‘वर्षा नरोकिए धान खेती रहन्न। मौसम यस्तै रहे यहाँ त भोकमरी हुने चिन्ता बढेको छ।’

किसानहरू वर्षा रोकिएको भए बाला काटेर भए पनि धान खेती जोगाउन हुन्थ्यो भन्न थालेका छन्। ‘खुल्ला खेतमा पानी रोकिएको एक सातासम्म धान काट्न सकिँदैन’, किसान परमभक्त देवकोटाले भने, ‘पानी रोकिएको भए धानका बाला मात्र काटेर भए पनि अन्न जोगाउन हुन्थ्यो। अझै दुई÷तीन दिन वर्षा भएमा धान नोक्सान हुन्छ।’

मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीका अनुसार शुक्रबारको तुलनामा शनिबार आइतबार झन् बढी वर्षा हुनेछ। वर्षा निरन्तर रहेको र यहाँका नदीहरूमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा थप जोखिम रहेको बताइएको छ।

यहाँका पालिकाहरूले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न सूचना गरिसकेका छन्। यसका साथै खोज तथा उद्धारमा सबै सरोकारवालाई परिचालन हुन आग्रह गरेका छन्।

रासस

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP