२०८२ मंसिर २०
December 5, 2025, Friday

कुन दलले कति सिट जित्लान ? यस्तो छ सुरक्षा निकायको आन्तरिक प्रतिवेदन

Advertisement

काठमाडौं– ४ मंसिरको चुनाव नजिकिएसँगै दलहरू नतिजा आफ्नाे पक्षमा पार्न आक्रामक प्रचारप्रसारमा जुटेका छन् । चुनावी नतिजाको पूर्वआकलनसहित प्रचारशैली, सक्रियता र रणनीतिलाई फेरबदल पनि गरिरहेका छन् । दलहरूले आफ्नो संयन्त्रमार्फत चुनावी नतिजाको अध्ययन गरिरहेका बेला सरकारी निकायहरूले पनि प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पारेका छन् ।

Advertisement

नेपाल प्रहरीको विशेष ब्युरो, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरो मात्र होइन, नेपाली सेनाको इन्टेलिजेन्स विभाग (डीएमआई) ले पनि दलहरूको चुनावी नतिजा आकलनको प्रारम्भिक अध्ययन सकेका छन् । स्रोतले दिएको जानकारी अनुसार, अन्तिम चरणको आकलन प्रतिवेदन भने २६-२७ कात्तिकसम्म तयार हुनेछ ।

उक्त रिपोर्ट अहिलेको भन्दा परिस्कृत रूपमा आउने भएकाले बढ्ता विश्वासिलो हुनेछ । उनीहरूले प्रारम्भिक चरणको प्रतिवेदन तयार गर्ने बेलामा भने दलहरूका चुनावी रणनीतिका विभिन्न चरणमा रहेको र चुनावी माहौल कस्तो बन्छ ? भन्ने प्रस्ट खाका आइसकेको थिएन ।

स्रोतका अनुसार ब्युरोहरूलाई केन्द्रले हरेक जिल्ला प्रमुखबाट राजनीतिक पार्टीको लोकप्रियता र उम्मेदवारको माहौललाई आधार मानेर आन्तरिक रिपोर्ट माग गरेको थियो । ब्युरो स्रोतका अनुसार, प्रहरीका जिल्ला कमाण्डरहरूले उम्मेदवारको लोकप्रियता, पृष्ठभूमि, क्षमता र केही मतदाताहरूसँग पनि बुझेर रिपोर्ट बनाएको दाबी छ ।

४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्येक्ष चुनावबारे चारवटै सुरक्षा निकायले प्रारम्भिक चरणमा तयार गरेको आन्तरिक रिपाेर्ट अनुसार, याे चुनावमा कांग्रेस पहिलो दल हुनेछ । त्यस्तै, एमाले दाेस्राे र माओवादी केन्द्र तेस्राे बन्ने छ । उनीहरूले सिट संख्यासमेतको विश्लेषण गरेर प्रतिवेदन तयार पारिएको छ ।

स्रोतका अनुसार, प्रहरीको विशेष ब्युरोको प्रतिवेदन र गुप्तचरको प्रतिवेदनमा केही समानता छ । गुप्तचर विभाग स्रोतका अनुसार, कांग्रेसले ९० निवार्चन क्षेत्रमध्ये न्यूनतम ६० र बढीमा ७२ सिट जित्नेछ । प्रहरीको विशेष ब्युरोको आन्तरिक प्रतिवेदनले पनि कांग्रेसले ६५ देखि ७० को आसपासमा जित्ने देखाएको छ । ब्युरोको रिपोर्ट अनुसार दोस्रो हुने दल एमालेले ३५ देखि ४० को हाराहारीमा जित्ने छ । त्यस्तै, माओवादी केन्द्रको २५ देखि ३० र एकीकृत समाजवादीले ६ सिट जित्ने आन्तरिक प्रतिवेदन प्रहरीको विशेष ब्युरो र गुप्तचर विभागले तयार पारेका छन् ।

स्रोतले भन्यो, ‘हाम्रो यो प्रारम्भिक रिपोर्ट हो । कात्तिक २८ सम्म फेरि जिल्लाको अवस्थाबारे प्रतिवेदन मागेका छौँ । त्यसपछि अझ विश्वासिलो प्रतिवेदन आउँछ । यो पहिलो चरणको प्रतिवेदन हो ।‘ सुरक्षा निकायको प्रतिवेदनसँग मिल्दोजुल्दो दाबी दलका नेताहरूले पनि गरेका छन् । एमाले स्रोतका अनुसार, एमालेको आन्तरिक अध्ययनमा करिब ३४ सिट जित्ने आकलन गरिएको छ । पार्टी र मदन भण्डारी फाउण्डेसनबाट पनि एमालेले अध्ययन गराएको थियो । त्यही कारण एमालेले मत तान्नकै लागि विभिन्न रणनीति अपनाइरहेको छ ।

त्यसो त, माओवादीका उपमहासचिव वर्षमान पुनले पनि एक टेलिभिजन अन्तर्वार्तामा कांग्रेसले ६५ देखि ७०, माअ‍ोवादीले ३० देखि ३५ र एकीकृत समाजवादीले १० देखि १५ सिट जित्ने आकलन सुनाएका थिए । चुनाव नजिकिएसँगै ठूला राजनीतिक दलका नेताहरू आ-आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्दै चुनावी प्रचारमा होमिएका छन् । मुख्यतय: २०७४ को चुनावमा पहिलो पार्टी बनेको एमाले यो पटक एक्लै बहुमत ल्याउने दाबी गरिरहेको छ ।

एमालेले प्रत्यक्षतर्फको १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ४१ क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ । एमालेले बाँकी सिटमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेको छ । २०७४ को चुनावमा माओवादीसँगको गठबन्धन गरेर एमाले प्रत्यक्षतर्फ ८० सिट जित हात पारेको थियो । एमालेसँगको गठबन्धन गरेको माओवादीले ३६ सिट जितेको थियो ।

अघिल्लो चुनवामा एक सय ५५ ठाउँमा उम्मेदवारी दिएको कांग्रेसले २३ सिटमा सीमित भएको थियो । समानुपातिकसहित एमाले १ सय २१ सिट जित्दै पहिलो, कांग्रेस ६३ सिट जितेर दाेस्राे र माओवादी केन्द्र ५३ सिट जितेर तेस्रो पार्टी बनेको थियो ।

यो पटक कांग्रेस, माओवादीसहित पाँच दल गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् । जसका कारण कांग्रेस र माओवादी पार्टीको एक्ला-एक्लै बहुुमत पुग्ने सम्भावना गणितीय रूपमा भने छैन

Related News

कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे
कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे
  • २०७९ कार्तिक २३, बुधबार ०८:०१

म्याग्दीमा जंगली घाँस खादा पखलाका कारण ४८ वटा भेडाबाख्रा मरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको चौर गाउँमा पखलाका कारण...

फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको  उद्धार
फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको उद्धार
  • २०७९ कार्तिक २३, बुधबार ०८:०१

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत पहिरोबाट ट्रक म्याग्दी नदीमा खस्दाचालक घाईते भएका छन् ।...

राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन
राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन
  • २०७९ कार्तिक २३, बुधबार ०८:०१

राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा बिरबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीबजारमा सम्पन्न...

TOP