२०८३ बैशाख १७
April 30, 2026, Thursday

सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन हम्मेहम्मे !

दिपायल- प्रतिनिधिसभाका प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये ४ क्षेत्रको मतगणना आउन बाँकी छ। सुनसरी–४ मा मतगणना जारी छ भने दोलखा, स्याङ्जा–२ र बाजुरामा मतगणना सुरु हुन सकेको छैन। दोलखाका १० केन्द्रमा बिहीबार पुन: मतदान हुँदैछ।

Advertisement

प्रतिनिधि सभाकै समानुपातिकतर्फका मतगणना पनि अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म एक करोड ४२ हजार पाँच सय १४ मत गणना गरिएको छ। केही केन्द्रमा चुनाव हुन बाँकी दोलखा, मतगणना नै सुरु नभएका स्याङ्जा–२ र बाजुराबाहेक पनि देशका केही क्षेत्रमा समानुपातिकतर्फको मतगणना जारी नै छ।

Advertisement

अहिलेसम्मको अवस्था हेर्दा सत्ता गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी) का पक्षमा बहुमत पुग्ने हम्मेहम्मे देखिएको छ। प्रत्यक्षतर्फ कांग्रेसले अहिलेसम्म ५४ सिट जितेको छ। माओवादीले १७, एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन्।

समानुपातिकतर्फ सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा राष्ट्रिय दल बन्ने सम्भावना देखिएको छैन। थ्रेसहोल्ड नकटाउँदा यी दलले समानुपातिकतर्फ सांसद पाउने छैनन्। अहिलेसम्म गणना भएको मतअनुसार कांग्रेसले समानुपातिकतर्फ ३२ सांसद पाउने र माओवादीले १४ सांसद पाउने अवस्था छ।

सत्ता गठबन्धनमा रहेका ५ दलले प्रत्यक्षतर्फ कुल ८६ सिट जितेका छन्। समानुपातिकतर्फ सत्ता गठबन्धनका दलले कुल ४६ सिट पाउने देखिन्छ। प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी सत्ता गठबन्धनका पक्षमा १३२ सिट पुगेको छ। मनाङबाट निर्वाचित नेपाली काँग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दा रहेकाले उनी संसद छिर्न पाउँदैनन्। उनी संसद जान नपाउने भएपछि सत्ता गठबन्धनलाई थप एक सिट कम हुन्छ। १७५ सदस्यीय संसदमा बहुमत पुर्‍याउन १३८ सिट आवश्यक हुन्छ।

सुनसरी–४ मा मतगणना जारी छ। यहाँ कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की अघि छन्। उनले जितेमा कांग्रेसका पक्षमा थप एक सिट जोडिन सक्छ। दोलखामा सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवार छन् भने स्याङ्जा –२ र बाजुरामा कांग्रेसबाट उम्मेदवार छन्। उनीहरू सबैले जिते भने पनि सत्ता गठबन्धनलाई थप १३६ मत मात्रै पुग्छ। यी ठाउँमा नेकपा एमालेका उम्मेदवार पनि बलियो भएकोले चुनावी परिणाम के हुन्छ भन्ने अहिले अनुमान गर्न सकिन्न।

मत परिणाम आउन बाँकी रहेका सबै ठाउँमा सत्ता गठबन्धनका उम्मेदवारले जिते पनि गठबन्धनलाई सरकार बनाउन अझै ३ सिट आवश्यक पर्छ। यसो हुँदा सत्ता गठबन्धनले थप नयाँ दल वा स्वतन्त्रबाट जितेकाहरूलाई गठबन्धनमा ल्याउनु पर्ने हुन्छ।

सत्ता गठबन्धनले प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ ७ नै सिट पाउने सम्भावना देखिएको राप्रपाको पनि साथ लिन खोजेको छ। तर राप्रपाले चुनावका बेला एमालेसँग केही क्षेत्रमा तालमेल गरेकोले सत्ता गठबन्धनमा आउँछ कि आउँदैन अहिले नै टुङ्गो छैन।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ मंसिर १४, बुधबार १६:५२

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर १४, बुधबार १६:५२

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर १४, बुधबार १६:५२

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP