Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

बाजुराका भेडा व्यवसायी चिसो छल्न डोटी झरे

दिपायल- बाजुरा जिल्लाको हिमाली क्षेत्रमा बस्ने अधिकांश भेडापालन व्यवसायीहरु हिउँदको समयमा चिसो छल्न परिवारसहित बेंसी झर्ने गरेका छन् ।

Advertisement

व्यवसायी रूपमा भेडापालन गरिरहेका भेडा व्यवसायीहरु चिसो मौसम सुरु हुन लागे देखि छिमेकी जिल्लाका विभिन्न फाटहरुमा बसाई सर्ने गरेको भेडा व्यवसायीहरू बताउछन् ।

Advertisement

अन्य वर्ष जस्तै यस वर्ष पनि चिसो मौसम छिचोल्न डोटी पुगेका बुढीनन्दा नगरपालिका ९ बाजुरा कोल्टीका चन्द बोगटीले आफ्नो रोजगारी र आय आर्जनको श्रोत नै भेडापालन भएकोले हिउँदको समयमा चिसोबाट जोगाउन बेसी सर्ने गरेको बताए । बोगटी सँग हाल ६०,७० वटा भेडाहरू रहेका छन् ।

चन्द्र बोगटी सहित तिन घर परिवार एक साता देखि भेडा सहित डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ बुणामाजमा सडक छेउमा टेन्ट राखेर बस्दै आएका छन् । उनीहरू डोटीमा फागुन महिना सम्म बस्नेछन् ।

चार वर्ष देखी यही स्थानमा बस्दै आएको बताउछन् । बुढीनन्द नगरपालिका ९ का अर्का भेडा व्यवसायी मान सिंह थापा । उनी भन्छन् भेडा पालन गर्नु हाम्रो मुख्य पेशा नै हो, यो हाम्रो पुर्खाले नै गर्दै आएको हो त्यसैलाई हामीले निरन्तरता दिएका हौ । थापा सँग हाल ६०,७० वटा भेडाहरू रहेका छन् । उनी एक छोरा र श्रीमती सहित तिन जना सँगै बस्दै आएका छन् ।

सोही स्थानमा डेरा सरेर आएका भेडा व्यवसायी बुढीनन्दा नगरपालिका ९ का शिबा गुरुङ सँग भने छुट्टै अनुभव छ । उनी सुरुमा अरूको गोठालो भएर काम गर्थे पछि उनी बिस्तारै आफै व्यवसायी रूपमा भेडा पालन गर्दै आइरहेका छन् ।

उनी भन्छन् के गर्नु सुरुमा धेरै वर्ष अरूको गोठालो भइयो उनीहरूका अहिले कसैका काठमाडौँ, कसैका धनगढी, नेपालगञ्ज घर छन् आफ्नो भने उही जिन्दगी छ । उनी अहिले उमेरले ४९ वर्षका भए । उनी ५ वर्षको हुँदा देखि नै अरूको भेडा हेर्ने काम सुरुवात गरेको बताए । हाल शिवा सँग एक सय भन्दा बढी भेडाहरू छन् । उनी एक छोरा र श्रीमती सहित भेडासँग आएका छन् । उनी भेडाबाट वार्षिक रूपमा ६,७ लाख आम्दानी हुने गरेको समेत बताउछन् ।

शिवाको बेसी तिर करिब ४,५ महिनाको बसाई हुने भएकोले कक्षा ३ मा पढ्दै गरेको वर्ष ८ को छोरा लोकसाम गुरुङ पनि सँगै आएकोले शिवालाई पढाई बिग्रिने चिन्ता पनि छ ।

बाजुरा, हुम्ला, जुम्लाका हिमाली क्षेत्रका अधिकांश भेडाब्यवसायीहरु हिउँदको समयमा चिसो छिचोल्ने विभिन्न स्थानमा बसाई सर्ने भएकोले अधिकांश बालबालिकाहरू पढाईबाट प्रभावित हुने गरेको देखिन्छ । सरकारले अस्थायी रूपमा बस्ती स्थानान्तरण सँगै घुम्ती कक्षाहरू सञ्चालन गर्न सके थप प्रभावकारी हुने भेडा व्यवसायीहरू बताउछन् ।

हिउँदको चिसो छिचोल्न बेसी झरेका भेडा व्यवसायीहरु भेडाहरू बिक्री वितरण गर्नुका साथै उनको राडी, पाखी, डस्नाहरु पनि बिक्री गर्दै आइरहेका छन् । उनीहरूले प्रति भेडा १५ हजार देखि ३५ हजार सम्म र राडी, पाखीहरू २ हजार देखी ५ हजार सम्म बिक्री गर्ने गरेको समेत व्यवसायीहरू बताउछन् ।

भेडा राखेबापत सामुदायिकवनलाई मासिक रूपमा ६,७ हजार रोयल्टी तिर्ने गरेको समेत उनीहरू बताउछन् । बाजुरा जिल्लाका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायीहरू हिउँदको समयमा चिसो छिचोल्न डोटी, अछाम र बाजुराका विभिन्न स्थानमा गएर बस्ने गर्दछन् ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP